Developed By Kuldeep Sharma

१ महिना अगाडि

स्व तेलीको सम्झनामा माओवादी केन्द्र नगर समितिको श्रद्धाञ्जली ।।

कपिलवस्तु -जननिर्वाचित वडा सदस्य स्व ज्ञानमति तेलीको सम्झनामा माओवादी केन्द्र नगर समितिले श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।स्थानीय निर्वाचन २०७९ मा माओवादी केन्द्र तर्फबाट शिवराज नगरपालिका वडा न७ को महिला सदस्यमा निर्वाचित तेलीको गत चैत ३ गते दु:खद निधन भएको थियो । आईतवार माओवादी केन्द्र नगर समितिका उपाध्यक्ष सीता बुढाथाेकी उपाध्यक्ष प्रकाश पौडेल प्रदेश समिति सदस्य दिनेश पुन लगायत उहाको निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गरेको हो ।
श्रद्धाञ्जली कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रदेश सदस्य दिनेश पुनले उहाको दु:खद निधनले पार्टि स्तब्ध भएको बताउनु भयो । उहाले पार्टी प्रति पुर्‍याउनु भएको योगदानको उच्च सम्मान गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भयो ।
साथै शोकाकुल परिवारजनमा प्रति धैर्य धारणको कामना समेत गर्नु भएको  थियो । प्रदेश नगर र वडा समितिको विभिन्न ब्यक्तित्वहरुको उपस्थितिमा भएको कार्यक्रमको संचालन सहसचिव शिशिर लामिछानेले गर्नु भएको थियोे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma