Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

नागरिक र प्रहरी बीच छलफल तथा अन्तरक्रिया ।।

कपिलवस्तु – ईलाका प्रहरी कार्यलय सुन्दरीडाडाका प्रहरी र स्थानीय नागरिक बिच छलफल तथा अन्तरक्रिया गरिएको छ ।
शनिबार ईलाका प्रहरी कार्यलय सुन्दरीडाडाको आयोजनामा प्रकाश मा बि सुन्दरीडाडाको सभाहलमा स्थानीय नागरिक र प्रहरी बीच शान्ति सुरक्षा लगायत थुप्रै बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा सहभागीले शिवराज ९ को शान्ति सुरक्षामा प्रहरीले खेलेको भूमिकाको प्रसंशा गरेका थिए ।सहभागीले युवा पुस्तालाई कुलत तर्फ लाग्न नदिन प्रहरीले प्रमुख भुमिका खेल्दै आए पनि प्रयाप्त नभएको गुनासो गरेका थिए ।त्यस्तै चाड्वाड लगायत विभिन्न अवसरमा प्रयोग हुने ठुलो आवाज र लागू पदार्थ प्रयोगमा पनि प्रहरीले अन्कुश लागाउनु पर्ने पनि नागरिकको गुनासो थियोे ।
कार्यक्रममा उठेको प्रश्नको ईलाका प्रहरी कार्यलय सुन्दरीडाडाका प्रहरी निरीक्षक अर्जुन बि क र वडा अध्यक्ष रामगोपाल चौधरीले सम्बन्धित प्रश्नको जवाफ दिएका थिए ।
ईलाका प्रहरी कार्यलय सुन्दरीडाडाका निरीक्षक अर्जुन बि क को अध्यक्षता वडा अध्यक्ष रामगोपाल चौधरी प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि ,विभिन्न सहकारी विद्यालयका प्र अ विभिन्न बनका प्रतिनिधिहरु सहभागी भएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma