Developed By Kuldeep Sharma

५ दिन अगाडि

शिवराज आधारभुत अस्पतालमा साउन देखि स्वास्थ्य विमा लागु हुदैं

शिवराज नगरपालिकाले संचालन गरेको आधारभुत स्वास्थ्य अस्पतालवाट स्वास्थ्य विमा गरेका शेवाग्राहीले शेवा पाउने भएका छन । शिवराज नगरपालिकाको कार्यालय र स्वास्थ्य विमा वोर्ड विच साउन देखि लागु हुने गरी सोमवार सम्झौता भएको नगरप्रमुख अजय थापाले वताउनुभएको छ । स्वास्थ्य विमा गरेका शेवाग्राहीको लागी नगरले संचालन गरेको अस्पतालवाट शेवा पाउने भएपछि सहजता हुने नगरप्रमुख थापाले वताउनुभयो । शिवराजमा स्वास्थ्य विमाका विरामीलाई सुविधा नहुँदा शिवराज अस्पताल वहादुरगँज र लुम्विनी प्रादेशिक अस्पतालवाट शेवा लिन वाध्य थिए । नगरको अस्पतालवाट शेवा आरम्भ हुने भएपछि शेवाग्राहीलाई थप सुविधा हुने स्वास्थ्य साखा प्रमुख चुडामणी भटटराईले वताउनुभएको छ । आर्थिक वर्षको पहिलो महिनावाट अस्पतालमा थप शेवाहरु संचालन गर्ने लक्ष्य रहेको समेत नगरप्रमुख थापाले वताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma