Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराजमा अव निशुल्क शव वाहन : मेयर थापा

माधव बेल्वासे

कपिलवस्तु चन्द्रौटा

कपिलवस्तुको शिवराज नगरपालिकाका जनताले अब निशुल्क शव बाहनको सुविधा पाउने भएका छन् । नगरबासीको मृत्युपछि शव वाहन सेवालाइ सहज बनाउदै निशुल्क शव वाहनको सेवा प्रदान गरिने मेयर अजय थापाले बताउनुभयो ।
नगर भित्रका जुनसुकै ठाउका नागरिकहरुले उक्त सेवा लिन सक्ने थापाले बताउनुभयो । मृत्यु पश्वात शव वाहनमा कसैको बिभेद नहोस भन्ने उद्देश्यले उक्त परिकल्पना गरेको थापाले बताउनुभयो । शव वाहन सेवा लिए वापत कुनै शुल्क तिर्नु नपर्ने थापाको भनाइ छ ।
शव वाहनले नगरका अति विपन्न परिवारहरुलाई राहत प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘ स्थानियहरु आर्थिक रुपमा विपन्न छन ,त्यस्ता परिवारलाई शव लैजाने सवारी साधनको भाडा तिर्न समेत समस्या पर्ने गर्दछ, सोही समस्या समाधान गर्न निःशुल्क शव वाहन सेवा सञ्चालनमा ल्याईएको हो ।’मेयर थापाले भन्नुभयो ।उक्त सेवा सुचारु भएपस्चात नगरवासी खुसी भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma