
कपिलवस्तु -शिवराजको बनकट्टामा मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम भेला समपान्न भएको छ ।
आईतवार शिवराज नगरपालिका वडा न १ को बनकट्टामा नगर भित्रका मगरहरुको उपस्थितिमा भेला समपन्न गरिएको हो । भेलाले हिरासिङ्ग थापा संयोजक रहने गरि ९ सदस्यीय नगर सम्मेलन आयोजक समिति गठन गरेको छ । समितिले नगरमा बृहत मगर सम्मेलनको तयारी गर्नेछ ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य रुद्रलाल बन्जाडेले दशबर्षे जनयुद्ध,र अहिलेको परिवर्तनका लागि मगरहरुले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रसंशा गर्नु भयो जुन पार्टीले देशको नेतृत्व गरे पनि देश माओवादीकै एजेन्डामा चलिरहे पनि यो परिवर्तनमा कुनै भुमिका नरहेको पार्टीहरुले माओवादीलाई बदनाम गर्ने प्रयास गरीरहेको बन्जाडेले जिकिर गर्नु भयो । दश बर्ष युद्ध र हजारौं सहिदको बलिदानीले संभव भएको यो परिवर्तन सिध्याउन केही तत्वहरु सक्रिय भएकाले फेरि पहिलेको जस्तो एकजुट हुन जरुरी भएको उहाको भनाई छ यस्तै जिल्ला संयोजक बिष्णु बेलबासेले माओवादी नेताहरु सुध्रिनु पर्ने बताउनु भयो केही ठुला नेताहरू समेत स्वार्थमा लाग्दा माओवादी ३२ सिट्मा सिमित हुन पुगेको बेलबासेको भनाई छ । आफ्नो होस या पराई जब सम्म गलतलाई गलत र सहिलाई सहि भन्न सकिदैन तब सम्म जनबिस्वास जित्न नसकिने उहाले बताउनु भयो । प्रचण्ड सहि मार्ग हुदा माओवादीहरुले उहाको साथ नछाडेको र जसले छाडे ऊनीहरु स्वार्थ पुर्तिका लागि लाग्नेहरु भएकाले माओवादीहरु निराश हुन नहुने उहाको भनाई छ ।
भेलाले चुनावका बेला केही मतभेदका कारण पार्टी छडेका र फर्केकालाई स्वागत समेत गरेको छ भेलालाई प्रदेश सदस्य राजेन्द्र आचार्य प्रदेश सदस्य दिनेश पुन मगर नगर कार्यवाहक अध्यक्ष सीता मगर उपाध्यक्ष चुर बहादुर खड्का जिवन लगायतले सम्बोधन गर्नुभएको थियो ।
सम्मेलन आयोजक समिति सदस्यहरुमाचन्द्र प्रकाश पुन मगर,जोखिराम घर्ती मगर,मनिषा मगर,टन बहादुर पुन मगर,डिग बहादुर गाह,मनु घर्ती मगर,रचना पुन मगर,बम बहादुर घर्ती मगर,
लगायत रहनु भएको छ ।


प्रतिक्रिया