३२ वर्षीय आर्यन खान, जोसिलो र हसिलो युवा, बिमा क्षेत्रमा एक असाधारण व्याक्ति का रूपमा उभिएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा निवासी खान, हाल प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सका उत्कृष्ट अभिकर्ता मानिन्छन् । उनले बिमा क्षेत्रमा आफ्नो यात्रामा उल्लेखनीय सफलता हासिल गरेका छन् ।
आर्यन खानको बिमा क्षेत्रको यात्रा ६ वर्षअघि सुरु भएको र प्रभु महालक्ष्मीमा विगत ३ वर्ष देखि विभिन्न चुनौतीहरूको सामना गर्दै आफ्नो क्षमतामा सुधार गर्दै आजको मापदण्डमा पुग्न सफल भएका छन् र विगत ३ वर्ष देखि लगातार एमडिआरटि (MDRT) बन्ने उपलब्धि हासिल गरेका छन् । यो उपलब्धि उनलाई बिमा क्षेत्रका अन्य पेशेवरहरुसंग प्रतिस्पर्धा गर्न सक्षम बनाउँछ। खानले चाँडै यस वर्षको सिओटिको, उपाधि पनि पाउने अपेक्षा राखेका छन्, जसले उनको व्यावसायिक विकासमा थप अवसरहरू खोलेको छ । हालसम्म उनले ६ सयको हाराहारीमा बिमा गराएका छन्न । रोचक त के छ भने उनले गरेका बिमामा अहिले सम्म दाबी परेको छैन ।
प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सका २६००० अभिकर्तामध्ये लुम्बिनी प्रदेशमा पहिलो र नेपालभर दोस्रो स्थानमा रहनु, खानको कठिन परिश्रम र सम्पूर्णको परिणाम हो । “यो मेरो मेहनत र ग्राहक वर्गको विश्वास र भरोसाको फल हो । म सदैव नयाँ चुनौतीहरूको सामना गर्न र थप सुधार गर्न तत्पर छु,” खानले भने ।
बिमा क्षेत्रलाई कसरी अझ व्यापक रूपमा अगाडी बढाउन सकिन्छ र प्रत्येक नेपालीलाई आफ्नो आर्थिक अवस्था अनुसार कसरी जोड्न सकिन्छ भन्ने बारे अनुसन्धान गर्नु र आफ्नो प्रधान कार्यालयमा व्यवस्थापन समूह सँग बसेर धेरै पटक योजना बनाएको बताउनु भयो । आर्यन खानको सफलताले उनलाई २०२४ मा दुबईमा भएको MDRT ग्लोबल कन्फरेन्समा नेपालको प्रतिनिधि भएर भाग लिनका लागि मौका दिएको थियो । यो अन्तर्राष्ट्रिय सम्मेलनमा उनले नेपालको बिमा क्षेत्रको विशेषताहरू प्रस्तुत गर्दै, अन्य देशका बिमा पेशेवरहरुसंग अनुभव र विचार आदानप्रदान गर्ने अवसर पाएका थिए । उनले सम्मेलनमा भाग लिएर विश्व जगतमा बिमाको महत्त्व , यसको अभ्यास गर्ने शैली र स्थिति बारे महत्त्वपूर्ण ज्ञान पाउनुका साथै अनुभव बाडने महत्त्वपूर्ण अवसर पाएका थिए ।
आर्यन खान केवल व्यावसायिक क्षेत्रमै सीमित छैनन् । उनले “ सेवा नै धर्म हो “ भन्ने धारणा अँगाल्दै , समाजका लागि योगदान गर्नका लागि विभिन्न पहलहरू गरेका छन् । उनले कपिलवस्तुका ५० जनालाई निःशुल्क छोटो अवधिको बिमाको सेवा प्रदान गरेका छन् । यो कार्यक्रम नगरपालिकासँगको समन्वयमा सम्पन्न भएको थियो , जसले गरिब र शोषित वर्गका लागि बिमाको महत्वलाई उजागर गरेको छ ।“म बिमा क्षेत्रको मध्येबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन चाहन्छु र हरेक नेपालीलाई आर्थिक रूपमा बलियो बनाएर परिवारको भविष्यलाई उज्ज्वल बनाउन सहयोग गर्नेछु । युवाहरूलाई बिमा क्षेत्रमा आकर्षित गर्ने विभिन्न तालिम र कार्यशाला आयोजना गर्ने योजना बनाएका छन् । हाम्रो देशमा बिमा क्षेत्रको महत्त्व अझै बढी बुझिनु पर्छ , विगतमा प्राकृतिक प्रकोप भूकम्प आउँदा पनि बिमा नभएकाले धेरै नेपालीहरूले आर्थिक अभावका कारण धेरै चुनौतीहरूको सामना गर्नु परेको थियो । त्यसैले म युवाहरूलाई जगरूप गर्न र उनीहरूलाई यो क्षेत्रतर्फ आकर्षित गर्न चाहन्छु , उनले भने ।
हरेक व्यक्ति सामान्य मजदुर देखि लिएर व्यापारी तथा कम्पनीहरू सँग सहकार्यमा नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमै पुगेर अध्ययन गरी उनीहरूको आर्थिक हैसियत र आवश्यकता अनुसार जीवन बिमाको सुविधा दिएका छन् । नेपालमा मात्र नभई कतार, दुबई, जापान, अमेरिका,मलेसिया लगायतका देशमा समेत उनले बिमाको काम गरिरहेका छन् । कपिलवस्तुको चन्द्रौटामा आइएमई सेन्टर, टुर एण्ड ट्राभल्स समेत सञ्चालन गरी १० जनालाई रोजगारी समेत दिएका छन् ।
आर्यन खानको प्रेरणादायी यात्रा न केवल बिमा क्षेत्रमा र सम्पूर्ण समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । उनका प्रयासहरूले बिमा क्षेत्रमा मानवता र सेवाको नयाँ आयाम थप्ने विश्वास लिइएको छ । आर्यनको यो यात्रा , नयाँ पीढीका लागि एक प्रेरणा स्रोत बन्ने आशा गरिएको छ ।
प्रतिक्रिया