Developed By Kuldeep Sharma

११ महिना अगाडि

माओवादी केन्द्र शिवराज १ को  अध्यक्ष निरज चयन ।।

माओवादी केन्द्र शिवराज १ को  अध्यक्ष निरज चयन ।।

नेकपा माओवादी केन्द्र शिवराज १ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अध्यक्षमा पूर्ण बहादुर बुढा (निरज)लाई सर्वसम्मत चयन गरेको छ।

उपाध्यक्षमा कमल परियार र जोगीलाल घर्ति मगर चयन भएका छन् भने सचिवमा सम्झना जि सि सह-सचिवमा सुर्य के सी र कोषाध्यक्षमा चन्द्र प्रकाश पुन लाई चयन गरिएको छ। सदस्यहरुमा तिलक राना,सुरज भण्डारी ,प्रकाश थापा,दिनेश पुन ,ध्रुव बहादुर रोका,जुनकीरी सुनार,तुक बहादुर पुन,मनिषा बुढा ,राम बहादुर सुनार ,गोरे सुनार,धनिसिराम सुबेदी ,चुडामणि घर्ति ,,मंगलिराम थारु,गिता बोहरा,निरुता बुढा चयन भएका छन ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य एबम नगर ईन्चार्ज द्रोण बहादुर पुन दिनेशले समसामयिक राजनीतिक विषयमा धारणा राख्दै माओवादी केन्द्र अहिले जनता माझ लोकप्रिय रहेको बताउनु भयो ।
माओवादी सरकारमा रहदा ईतिहासमा पहिलो पट्क भ्रस्टाचारीहरुलाई तह लगाउदै जनताको पक्षमा काम गरेको जिकिर उहाको छ ।

ठुला भ्रष्टाचारीहरुलाई तह लगाउने प्रयास भइरहेकै समयमा आफुहरु समेत फस्ने डरले रातारात माओवादी नेतृत्वको सरकार ढालिएकाे बताउदै उनले वर्तमान सरकार तस्कर र वेथितीलाई संरक्षण गरिरहेको आरोप लगाए। पुनले नवनिर्वाचित सबैलाई भ्रस्टाचार बेथिति विसंगतिको विरुद्ध दृढतापूर्वक आवाज उठाउँदै देशलाई सही दिशा दिन नेतृत्व गर्न आह्वान गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र शिवराजका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा समपन्न भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma