Developed By Kuldeep Sharma

५ महिना अगाडि

ने.स.पा.(नया शक्ति) कपिलवस्तुद्वारा ११ जना महाधिवेशन प्रतिनिधि चयन

नेपाल समाजवादी पार्टी (नया शक्ति) कपिलवस्तुले आगामी माघ २७ गतेदेखि सुरु हुने महाधिवेशनका लागि ११ जना प्रतिनिधि चयन गरेको छ। जिल्ला अध्यक्ष राम निवास पुरीका अनुसार, पार्टीको बैठकले सर्वसम्मत रूपमा कपिलवस्तुबाट प्रतिनिधि छनोट गरेको हो।

महाधिवेशन प्रतिनिधिमा बिमलेश मौर्या बम बहादुर यादव, इन्द्रमणी यादव, दुर्गा रिजाल, राधा खनाल, राजेन्द्रमणी पाठक, देवराज भुसाल, इलियास मुसलमान, नारायण खनाल, डा अब्दुल मोबिन मुसलमान, र राम निवास पुरी रहेका छन्।

यस निर्णयले पार्टीभित्र नयाँ जोश र उत्साह थपिएको बताउँदै अध्यक्ष पुरीले महाधिवेशनलाई सफल बनाउन सबै प्रतिनिधिहरू जिम्मेवार रहने विश्वास व्यक्त गर्नुभयो। महाधिवेशनले पार्टीको आगामी रणनीति र नेतृत्व चयनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma