Developed By Kuldeep Sharma

मध्यरातमा परस्त्रीको कोठामा पुगेपछि….

चन्द्रौटा, कपिलवस्तु | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुका नेता प्रदिप थापालाई परस्त्रीको घरबाट प्रहरिले नियन्त्रणमा लिएको छ ।

राईजिङ स्टार युवा क्लबका अध्यक्ष  शिवराज नगरपालिका–५ निवासी थापा राति करिब ११ बजे पूर्व रहटकोलकी एक महिलासग कोठामा भेटिएपछि स्थानीयले उनलाई घेराबन्दी गरी नियन्त्रण लिएर प्रहरीको जिम्मा लगाएका छन ।

बुधबार राती माईती घर गएकी   महिला र थापालाई  कोठामै  उनका  जेठाजु सहितका स्थानीययले नग्न अवस्थामा भेटिएका थापालाई कुटपिट  समेत गरेका थिए ।

थापालाई स्थानीयले कुटपिटमा उत्रिएपछि  उक्त महिलाले बचाउ गरेकी थिईन ।थापा मदिराको मातमा उनले कपडा  समेत लगाउन सकेका छैनन । स्थानीय  कुटपिटमा उत्रिए  पछि उनले माफी  माग्दै परेको सबै बेहोर्न  बताएका थिए।

 

तीन वर्ष  अगाडि  बिबाह गरेकी महिलाका श्रीमान् बिबाह  गरेको एक महिनामै विदेशमा गएका थिए । बिबाह दर्ता समेत नरहेको बताइएको छ । स्थानिय केही नेताहरु मिलापत्र गराउने प्रयास गरिरहेको बताइको  छ । अनुसन्धान भइरहेको र उजुरिको आधारमा अघि बढने वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले बताए । हाल सम्म उजुरी भने नपरेको प्रहरि जनाएको छ ।

घटना पछि महिलालाई  उनको माईती पश्चले जिम्मा लिएका छन भने थापा प्रहरिकै नियन्त्रणमा रहेको छ्न । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरीक्षक सुजन शाहले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma