Developed By Kuldeep Sharma

राष्ट्रिय माविलाइ जङ्ग फुड निषेधित विद्यालय घोषणा

Kकपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा अवस्थित राष्ट्रिय माद्यमिक विद्यालयलाई ‘जङ्ग फुड निषेधित विद्यालय’ घोषणा गरिएको छ। आइतबार आयोजित विशेष कार्यक्रममा विद्यालय परिसरमै औपचारिक घोषणा गरिएको हो।

कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले विद्यालयमा दिइने दिवा खाजालाई पोषणयुक्त बनाउनुपर्ने आवश्यकता औंल्याउँदै विद्यार्थी, अभिभावक र विद्यालय प्रशासन सबैजना सचेत र उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले राष्ट्रिय माविलाई नगरकै नमुना विद्यालयका रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो।

घोषणासँगै विद्यालय परिसर तथा १०० मिटर वरपरका क्षेत्रमा जङ्क फुड तथा मदिरा लगायत मादक पदार्थको बिक्रीवितरण पूर्ण रूपमा निषेध गरिएको छ। विद्यालयमा पोषणयुक्त दिवा खाजाको व्यवस्था सुनिश्चित गरिने जनाइएको छ।

‘एक पालिकामा एक नमुना विद्यालय’ अभियानअन्तर्गत राष्ट्रिय माविलाई नमुना विद्यालयका रुपमा अघि बढाउने उद्देश्यसहित यो निर्णय गरिएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक बाबुराम आचार्य, स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकाल, शिवराज नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत बाबुराम पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत पौडेल, तथा स्वास्थ्य शाखा प्रमुख चुरामणि भट्टराईलगायतले घोषणा मात्र पर्याप्त नहुने भन्दै यसलाई दीगो कार्यान्वयनमा लैजान आवश्यक रहेको धारणा व्यक्त गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma