Developed By Kuldeep Sharma

११ महिना अगाडि

एसईई नतिजा : शिवराजमा फफुरी बोडिङ स्कुल नगर उत्कृष्ट

कपिलवस्तु, शिवराज – शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शिवराज नगरपालिका क्षेत्रभित्रका विद्यालयहरूमध्ये फफुरी बोडिङ स्कुलले उत्कृष्ट अकं ल्याएर नगरकै अग्रस्थान हासिल गरेको छ।

उक्त विद्यालयकी छात्रा सोमैया खातुनले ३.९५ जिपिए ल्याउँदै नगर प्रथम बन्न सफल भएकी हुन्। विद्यालयबाट परीक्षा दिएका २९ जना विद्यार्थीमध्ये २६ जना उत्तीर्ण भएका छन्। तिनीहरूमध्ये ७ जना विद्यार्थीले A+, ८ जनाले A, र ७ जनाले B+ ग्रेड प्राप्त गरेका छन्।

नगरमा यस वर्ष ४ जिपिए ल्याउने कुनै पनि विद्यार्थी नभएको जनाइएको छ। समग्र नगरको परिणाम विश्लेषण गर्दा ३.६–४ जिपिए ल्याउने विद्यार्थीको संख्या ७४ जना, ३.२–३.६ जिपिए ल्याउने १९३ जना, २.८–३.२ जिपिए ल्याउने २६८ जना, २.४–२.८ जिपिए ल्याउने १९८ जना, १.६–२.४ जिपिए ल्याउने १५ जना रहेका छन् भने ३३७ जना विद्यार्थीले NG (Non-Graded) प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma