Developed By Kuldeep Sharma

११ महिना अगाडि

मृतक उपभोक्ताका परिवारलाई किरिया खर्च

कपिलवस्तु — शिवराज नगरपालिका वडा नम्बर ५ र ३ मा स्थित रहतावल सामुदायिक वन उपभोक्ता समितिले मृतक उपभोक्ताका परिवारलाई किरिया खर्च स्वरूप आर्थिक सहयोग हस्तान्तरण गरेको छ। समितिले १२ जना मृतक उपभोक्ताका परिवारलाई जनही ७ हजार ५ सय रुपैयाँका दरले कुल ९० हजार रुपैयाँ वितरण गरेको हो।

सामुदायिक वनको बार्षिक कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट सो रकम सहयोग गरिएको रहतावल सामुदायिक वनका अध्यक्ष यज्ञ बेल्वासेले जानकारी दिनुभयो।

किरिया खर्चले मृतकका परिवारलाई केही हदसम्म राहत मिलोस् भन्ने उद्देश्यले यो सहयोग गरिएको बताउनु भयो।

कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष नेत्र बेल्वासेले सामुदायिक वनले मृतकका परिवारप्रति देखाएको सहयोगभावप्रति प्रशंसा व्यक्त गर्नुभयो। उहाँले यस प्रकारको कार्य सामाजिक उत्तरदायित्वको उदाहरण भएको बताउनुभयो।

स्थानिय तहले गर्न नसकेको कार्य सामुदायिक वनले गरेर देखाएको सहयोग प्राप्त गरेका परिवारका सदस्यहरूले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma