Developed By Kuldeep Sharma

११५ जनाले गरे रक्तदान

कपिलवस्तु – राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटीको आयोजनामा शनिबार शिवराज नगरपालिका–५ चन्द्रौटामा सम्पन्न बृहत् रक्तदान कार्यक्रममा १ सय १५ जनाले रक्तदान गरेका छन्।

शिवराजको इतिहासमै नयाँ कीर्तिमान सहित यति रक्तदान गरेको नगर कमिटीका अध्यक्ष नारायण सापकोटाले बताउनु भयो।

शिवराजमा अहिलेसम्म आयोजित रक्तदान कार्यक्रममध्ये सबैभन्दा बढी सहभागिता यस पटक भएको छ। यो हाम्रो नगरका युवाको सामाजिक उत्तरदायित्वप्रति देखिएको उच्च प्रतिबद्धताको प्रतिविम्ब हो।”

कार्यक्रममा युवादेखि महिलासम्मको उत्साहजनक सहभागिता रहेको थियो। आयोजक समितिले निरन्तर रक्तदान अभियानमार्फत समाजमा मानवीय सेवा र स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma