

कपिलवस्तु ।
शिवराज नगरपालिका–१ स्थित नेपाल आदर्श बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष बिरेन्द्र केसीले क्याम्पसको नयाँ भवन निर्माणका लागि थप १० धुर जग्गा दान गर्नुभएको छ। करिब १५ लाख मूल्य बराबरको यो जग्गासहित उहाँले हालसम्म क्याम्पसलाई कुल ५ कठ्ठा १० धुर जग्गा दान गर्नुभएको छ। यसअघि उहाँले क्याम्पसकै नाममा ५ कठ्ठा जग्गा दान गर्नुभएको थियो।
नयाँ भवन निर्माणका लागि संघीय सरकारको शहरी विकास तथा भवन निर्माण मन्त्रालयमार्फत आर्थिक वर्ष २०८२/८३ मा ३ करोड रुपैयाँ विनियोजन भएको छ। सोही रकमको उपयोगसहित क्याम्पसकै छेउमा संरचना विस्तार गर्न अध्यक्ष केसीले पुनः जग्गा दान गर्नुभएको हो।
यससँगै क्याम्पस सञ्चालक समितिले थप १० धुर जग्गा खरिद गर्ने निर्णय समेत गरेको छ। स्थानीय तह, समुदाय र दाताको निरन्तर सहयोगले क्याम्पसको भौतिक संरचना थप मजबुत हुने अपेक्षा गरिएको छ।
सन् २०७२ मा डिग्री तह संचालन गर्नका लागि क्याम्पसले आयोजना गरेको महायज्ञमा धेरै दाताले बोलेको योगदान अझै बाकी रहे पनि, अध्यक्ष केसीले भने बोलेको रकम बराबरकै जग्गा दान गरेर आफ्नो प्रतिवद्धता पुरा गर्नुभएको स्मरणीय छ।


प्रतिक्रिया