
सशस्त्र प्रहरी बल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयले आफ्नो आठौं स्थापना दिवस विशेष समारोह भव्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका जनसम्पर्क सल्लाहकार एवम् जसपा कपिलवस्तुका जिल्ला अध्यक्ष समाजसेवी मोहम्मद इरफान खान सशस्त्र प्रहरी महानिरीक्षक तथा संगठन प्रमुख राजु अर्यालबाट विशेष सम्मान प्राप्त गर्नुभएको छ ।
खानलाई प्रदान गरिएको सम्मान केवल व्यक्तिगत योगदानको कदर मात्र नभई सुरक्षा निकाय र समाजबीचको सहकार्यलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।
लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका खान शिक्षादेखि स्वास्थ्य, आपत्कालीन सहयोगदेखि विपद् व्यवस्थापनसम्म विविध क्षेत्रमा जनताको साथमा खडा हुने व्यक्तित्वका रूपमा चिनिनुहुन्छ ।


प्रतिक्रिया