
कपिलवस्तु — रोटरी क्लब अफ कपिलवस्तुको आयोजनामा आइतबार शिवराज नगरपालिका–३ स्थित सुपा देउराली मन्दिर परिसरमा फुल र रूद्राक्षका बिरुवाहरू रोपिएका छन्।
मन्दिरको सौन्दर्य अभिवृद्धि गर्नुका साथै वातावरण संरक्षणमा योगदान पुगोस् भन्ने उद्देश्यले गमलामा फुलका बिरुवा रोपिएको क्लबका अध्यक्ष युवराज पौडेलले बताउनुभयो । यस्तो किसिमको अभियानले धार्मिक स्थलहरूको सरसफाइ, हरियाली प्रवर्द्धन र समाजमा सकारात्मक सन्देश दिने बताउनुभयो ।
उक्त कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष टोपलाल पाख्रेल, पूर्व अध्यक्ष प्रकाश पौडेल, बालकृष्ण पाण्डे, नोमिनी प्रेसीडेन्ट रहिस साह, राजु खराल समयथान क्याम्पसका प्रमुख शिशिर लामिछाने, कासीराम आचार्य, कपिल खनाल लगायत स्थानीयहरूको सक्रिय सहभागिता रहेको थियो।
रोटरी क्लबले विगतका दिनहरूमा पनि यस्ता गतिविधि निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ ।


प्रतिक्रिया