Developed By Kuldeep Sharma

१ महिना अगाडि

शिवराजमा पशुपालक किसानलाई अभिमुखिकरण

कपिलवस्तु। शिवराज नगरपालिकामा गाईभैंसी पालक किसानलाई लक्षित गरी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। न्युज होप एग्रो बिजनेस, चितवनको आयोजनामा भएको कार्यक्रममा किसानलाई आधुनिक पशुपालनका विविध पक्षबारे जानकारी गराइएको थियो।

कार्यक्रममा नगरप्रमुख अजय थापाले कृषकका समस्या समाधानलाई प्राथमिकता दिँदै नगरपालिकाले विभिन्न योजनामार्फत सहयोग गरिरहेको बताए। अन–क्ल सेवा सुरु भइसकेको र यसले किसानलाई ठुलो राहत मिलिरहेको उल्लेख गरे।

शिवराज नगरपालिका वडा नं. ५ का अध्यक्ष नेत्र बेल्वासेले व्यवसायिक रुपमा पशुपालन गरेका किसानलाई अनुदानको व्यवस्था गरिएको जानकारी दिए।

सो अवसरमा पशु चिकित्सक डा. सबिन ओलीले पशुपालनको अवस्था, आधुनिक तरिका र रोग व्यवस्थापनबारे प्राविधिक जानकारी दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma