Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवगढीका ८० जना किसानलाई स्प्रे टंकि वितरण

कपिलवस्तुको शिवराज नगरपालिका ९ का ८० जना कृषकलाई स्प्रे टंकि बितरण गरिएको छ । विहिवार वडा अध्यक्ष रामगोपाल चौधरीले कृषकहरुलाई स्प्रे टंकि वितरण गर्नुभएका हो । वडाको ५० प्रतिशत लगानिमा वडा भित्रका किसानहरुलाई सहज होस भन्ने उद्देश्यले स्प्रे टंकि विरतण गरिएको चौधरीले बताउनुभयो । वडाले विगतामा पनि प्रत्येक वर्ष किसानहरुका लागि विभिन्न कार्यक्रमहरु गर्ने गरेको र आगामि दिनमा पनि निरन्तर गर्ने उहाको भनाई छ । वडामा अझै पनि सिचाई मलखाद विउविजन समयमै नपाउने लगाएतका समस्याहरु रहेकोले त्यसको लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो । साना किसान देखि ठुला किसान सम्मलाई माग भए बमोजिम वितरण गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma