हरेक बर्ष जस्तै यस बर्ष पनि छमछमी इन्टरटेन्मेन्ट प्रा.लि. सामाजिक उत्तरदायित्व बहन गर्दै तिहार विशेष देउसी भैलो सुरु गरेको छ । लक्ष्मी पुजा दिन सोमबार साझबाट छमछमी देउसी भैलो खेल्न सुरु भएको हो ।

कपिलवस्तुको शिवराज नगरपालिकामा अध्यापन गराउनु हुने शिक्षक सन्तोष के.सी. को क्यान्सर रोगको उपचारमा आर्थिक सहयोग गर्ने उद्देश्य सहित संचालित देउसी भैलोको उद्घाटन शिवराज नगर प्रमुख अजय थापाको गृहमा खेलेर गरिएको छ । भैलोको सुभारम्भमा दिप प्रज्वलन गर्दै नगर प्रमुख थापाले कला संस्कृति र परम्पराको जगर्ने गर्न र नयाँ कलाकार जन्माउने छमछमीले तिहारमा देउसी भैलो खेली सामाजिक कार्यमा समेत योगदान पुराउने उद्देश्य सराहनिय रहेको बताउनु भयो । संस्कृतिको संरक्षण संगै सामाजिक उत्तरदायित्व बहन गरेको छमछमीले भैलो खेली उठेको रकम शिक्षकको उपचारार्थ सहयोग गर्ने उद्देश्य पवित्र भएकोले सबैले मन खोलेर कार्तिक दान दिई पुण्य कार्यमा सहभागि हुन समेत थापाले आग्रह गर्नु भयो ।
युवा नेता रहिस शाहले देउसी भैलो सफलताको शुभकमना दिदै मनोरन्जन संगै सामाजिक उत्तरदायित्वमा पनि सहभागिता जनाएको छमछमी देउसी भैलोलाई सबैले उत्साह थप्नु पर्ने बताउनु भयो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियारले कला संस्कृति र परम्पराको जर्गेना संगै भैलोलाई अनुशासित तबरबाट खेल्दै विगतका बर्षहरुमा पनि सामाजिक क्षेत्रमा सहकार्य गर्दै आइरहेको छमछमीलाई सफलताको शुभकामना दिनुभयो । भैलो शुभारम्भमा राप्रपा का कपिलवस्तु क्षेत्र नं. ३ (क) उम्मेदवार कृष्ण पौडेलले समेत सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

सोमबार सुरु भएको देउसी भैलो भाइटिकाको अर्को दिन सम्म खेलिने छमछमी भैलो व्यवस्थापक सुमन पौडेलले बताउनु भयो । भैलोबाट उठेको रकम शिक्षक सन्तोष के.सी.को उपचारर्थ सहयोग गरिने भएकोले मनखोलेर कार्तिके दान दिन आग्रह गर्नु भयो ।


प्रतिक्रिया