Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

सुनको भाउ आज १४ सय रुपैयाँले बढ्यो

काठमाण्डाै – सुनको भाउ आज एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

यो अस्ति शुक्रवारको भाउभन्दा १ हजार ४ सय रुपैयाँले धेरै हो ।

अस्ति सुनको भाउ तोलामा ९३ हजार १ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । ५० रुपैयाँले बढेर चाँदीकाे भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma