मोफसल खबर
मंसिर २१
कपिलवस्तु क्षेत्र न ३(१) का उम्मेदवार एहसान अहमद खाले जनताले निर्वाचित गरेमा सेवक भएर काम गर्ने बताउनुभयो । आज बहादुरगन्जमा आयोजना भएको चुनावी सभालाइ सम्बोधन गर्दै प्रदेस सभामा बाम लोकतान्त्रिक गठबन्धनको तर्फ बाट उम्मेदवार बनेको बताउदै जनताको सेवा गर्ने अवसर दिनुपर्ने बताउनुभयो । मंसिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनको जित सुनिश्चित रहेको बताउदै आफु कुनै ठेक्का पट्टा गर्न सासद नहुने बताउनुभयो । यो निर्वाचन भनेको आम निर्वाचन नभइ जनमत सग्रह जस्तो रहेको बताउनुभयो ।

सविधानसभा बचाउने कि फेरि राजतन्त्र ल्याउने भन्ने कुरामा जनताले मत दिनु पर्ने बताउनुभयो । एमालेले सविधान मासेर राजा ल्याउने र बाम लोकतान्त्रिक गठबन्धनले संविधान जोगाउन जनतामा गएको बताउनुभयो । प्रदेश सभा सदस्य खा ले आफु माओवादीको मात्र नभइ काग्रेसको पनि उम्मेदवार रहेको जिकिर गर्नुभयो । निर्वाचन पश्चात प्रदेश र केन्द्र सरकार गठबन्धनको बन्ने हुदाँ सबैले गठबन्धनलाई मत दिनुपर्ने जिकिर गर्नुभयो । क्षेत्र भित्रका सम्पूर्ण समस्याहरु पहिचान गरेकोले ती समस्या समाधान आफ्नो नेतृत्वमा हुने दावि गर्नुभयो ।


प्रतिक्रिया