दिपक के.सी.
जेठ २२
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० मा ३४ छात्रछात्रालाई साइकल वितरण गरिएको छ । हरेक बर्ष जस्तै यस बर्ष पनि विद्यार्थीहरुलाई विद्यालय आवतजावतमा सहज होस भन्ने उद्देश्यले विद्यार्थीहरुलाई साइकल वितरण गरिएको हो ।
आर्थिक बर्ष ०७९/०८० को वडा स्तरिय बजेटबाट साइकल वितरण गरिएको वडा अध्यक्ष मन्जु मिश्राले बताउनु भयो । विगत ३ बर्ष देखि हरेक बर्ष विद्यार्थीहरुलाई विद्यालय आवत जावतमा सहजता ल्याउनको वडाबाट बजेट विनियोजन गरि साइकल वितरण गर्दै आएका छौ । यस बर्ष वडाको ३ लाख बजेटमा ३४ वटा साइकल छात्र छात्रालाई वितरण गरिएको वडा अध्यक्ष मिश्राले जानकारी दिनु भयो । विद्यार्थीहरुलाई साइकल वितरण गर्दै विद्यार्थीहरु टाढा टाढाको विद्यालयमा पढ्न जानु पर्ने र यातायात सुविधा नभएकोले साइकल वितरण गरिएको बताउनु भयो । अब नियमित विद्यालय जाने र राम्रो संग अध्ययन गर्न विद्यार्थीलाई अध्यक्ष मिश्राले आग्रह गर्नु भयो । अर्को बर्ष थप अन्य विद्यार्थीहरुलाई साइकल वितरण गरिने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो । साइकल वितरण कार्यक्रममा स्थानिय नेता तथा समाजसेवी रविदत्त मिश्राले विद्यार्थीहरुको उज्जवल भविष्य कामना गर्दै लगनशिल भएर अध्ययन गर्न आग्रह गर्नु भयो । वडाले विद्यार्थीहरुलाई यसरी साइकल वितरण गर्दा विचैमा पढाइ छाड्ने विद्यार्थीको संख्या घटाउन सहयोग पुग्ने उहाँले बताउनु भयो ।
विगतका बर्षमा छात्रा विद्यार्थीलाई मात्र साइकल वितरण गरिएको यस बर्ष ३३ जना छात्रा र १ जना छात्रलाई साइकल वितरण गरिएको छ । छोरी पढाउ भन्ने नारा सहित छात्राहरुलाई विशेष प्राथमिकतामा राखेर साइकल वितरण गरिएको हो ।


प्रतिक्रिया