२९ असार, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको दशौं नगर सभा शुक्रबार सम्पन्न भएको छ । असार १० गते उद्घाटन भएको नगर सभाले ६८ करोड ९९ लाख ८६ हजार १ सय २५ रुपैयाँको बजेट पास गर्दै आज सम्पन्न गरेको हो ।

नगरपालिकाको दशौँ नगरसभाबाट सर्वसम्मतले नगरको बजेट पारित भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शंकर भट्टराईले जानकारी दिनु भयो । नगर प्रमुख रजत प्रताप शाहले दशौं नगर सभाबाट शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको बताउनु भयो । नगरको समुन्नत र समृद्धिका लागी शिक्षामा नगरले विशेष प्राथमिकतामा राख्दै शिक्षाको गुणस्तर बृद्धि गर्ने किसिमका कार्यक्रम संचालन गरिने बताउनु भयो । जीवन आधार शिक्षा भएकोले विद्यालयमा विद्यार्थी टिकाउन र नियमिति उपस्थिती गराउन विद्यार्थी आर्कषण केन्द्रित कार्यक्रम नगरका विद्यालयहरुमा लगिने नगर प्रमुख शाहले बताउनु भयो ।
शिक्षा संगसंगै पालिकामा स्वास्थ्यको अवस्था पनि सुधार गर्नु पर्ने भएकोले नगरपालिकामा रहेका अस्पतालह?को स्तरवृद्धि गर्दै लैजाने बताउनु भयो । उपचारका लागी छिमेकी मुलक भारत र नेपालका अन्य शहरहरुमा जानुपर्ने बाध्यता हटाउन शिवराज अस्पताल र कृष्णनगर अस्पताललाई विकास गर्दै लैजाने योजना तथा कार्यक्रम आ.ब. ०८०/०८१ मा संचालन गरिने नगर प्रमुख शाहले बताउनु भयो ।
नगरको भौतिक विकासमा पनि पालिकाले विगतका बर्षमा भन्दा आ.ब. ०७९/०८० मा प्रत्यक्ष नागरिकले अनुभूति गर्ने किसिमको काम गरेको बताउदै नयाँ आ.ब.मा पनि सडक,भवन,पुल,सिचाई जस्ता योजनाहरुलाई प्राथमिकतामा राखि योजनाह? संचालन गरिने बताउनु भयो । नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउन विभिन्न सिपमूलक तालिमहरु समेत नयाँ आ.ब.मा संचालन गरिने उहाँले बताउनु भयो ।नगरको हरेक गतिविधि तथा क्रियाकलापलाई पारदर्शी बनाउँदै नगरबाट नागरिकले प्राप्त गर्ने सेवा सुविधालाई सहज बनाउने बताए ।


प्रतिक्रिया