Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

मलको अभाव छैन, वितरणमा समस्या छ : मन्त्री भुसाल

चन्द्रौटा,२२ असोज
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले अहिले नेपालमा मलको सङ्कट नभएको बताउनुभयो । विगत १० वर्षमा सबै भन्दा बढि मल यस पटक व्यवस्थापन भएको भन्दै भुसालले मलको वितरणमा भने समस्या रहेको बताउनुभयो । नेकपा एकीकृत समाजवादीको समाजवादी जागरण अभियानका क्रममा कपिलवस्तुको चन्द्रौटामा पुगेर मन्त्री भुसालले यस्तो बताउनुभएको हो । मल वितरण केन्द्रहरूले वितरण प्रणालीलाई व्यवस्थित बनाउन नसक्दा किसानहरूले मल नभएको गुनासो गर्ने गरेको बताउनुभयो ।


मन्त्री भूसलाल देशमै मल कारखाना बनाउन अध्ययन भइरहेको बताउनुभयो । कृषि उत्पादन बढाउन फरक तरिकाले काम गर्नुपर्ने बताउनुभयो । पुरानो शैलीको तरिकाले कृषि उत्पादन बढाउन नसकिने भन्दै नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने बताउनुभयो । मन्त्रालयको पहिलो प्राथमिकता सिचाइ रहेकोले पूर्वपश्चिम नहर बनाउने योजना अघि सारेको बताउनुभयो । कृषि क्षेत्रमा रहेका सिचाई,मल, बिउ विजन,बजारीकरण लगायत विभिन्न समस्याहरू समाधान गरिने मन्त्री भुसालले बताउनुभयो । केही दिन अघि प्रधानमन्त्री चिन भ्रमणको समयमा कृषि क्षेत्रका विषयमाय सम्झौताहरू भएको जिकिर गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma