रोट्रयाक्ट क्लव अफ कपिलवस्तुको आयोजनामा भोली असोज २६ गते चन्द्रौटामा रक्तदान हुने भएको छ । लामो समय देखि सामाजिक काममा सक्रिय क्लवले विभिन्न कार्यक्रमहरु नियमित रुपमा गर्दै आएको छ । रक्तदान कार्यक्रमको तयारी पुरा भएको अध्यक्ष माया बस्नेतले बताउनुभयो । भोली बिहान ८ बजेबाट संजिवनी सामुदायिक अस्पतालमा कार्यक्रम हुने भएकोले सबैलाई सहभागि हुन अध्यक्ष बस्नेतले आग्रह गर्नुभयो । चाडपर्वको अवसरमा शुभकामना आदाप्रदान सगै रक्तदान हुने उहाँले बताउनुभयो ।


प्रतिक्रिया