राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्थगित भएको छ ।
कात्तिक २२ गतेदेखि हुने भनिएको राष्ट्रपति पौडेलको भ्रमण भूकम्पपछि मुलुकमा अहिलेको परिस्थिति अनुकूल नरहेकाले र विपत्को अवस्था रहेकाले हालका लागि स्थगित भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा सहभागी हुन र त्यसपछि जर्मनी र इटालीको भ्रमण गर्न राष्ट्रपति कात्तिक २२ गतेदेखि हुने भनिएको भ्रमण सरकारले पनि स्वीकृति प्रदान गरिसकेको थियो । विदेश भ्रमण सकेर राष्ट्रपति मंसिर १ गते स्वदेश फर्किने कार्यतालिका थियो ।
कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्नेच्युडको भूकम्पले जारजकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भएको छ । यस्तो विपत्को अवस्थामा राष्ट्रपतिलाई विदेश भ्रमण स्थगित गर्न सार्वजनिक रुपमा दबाब परेको थियो ।


प्रतिक्रिया