कपिलवस्तुमा जारी आठौं चन्द्रौटा महोत्सवको पाचौं दिन चर्चित लोक गायक पशुपति शर्माले सांगीतिक प्रस्तुति दिएका छन् ।
शर्मा आउने भएपछि महोत्सवमा ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको थियो । पशुपतिको गित सुन्न आएका दर्शकले ठूलो स्वरमा हुटिङ गर्दै साथ दिएका थिए ।
महोत्सवमा पशुपति आफ्ना चर्चित आधा दर्जन गीत गाए । ‘लुटन सके लुट कान्छा’,’मुटुमा दिल बस्यो’ मलाइ अमेरिक पनि यहि ‘लगायत एकपछि अर्को चर्चित गीत प्रस्तुत गर्दै दर्शकलाई झुमाइन्
शिलु भट्टराई ,रेनुका भट्टराई , लक्ष्मण खड्का लगायतका कलाकारले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।


प्रतिक्रिया