नवराज पौडेल
कपिलवस्तु पौष २० गते
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ मा रहेको शिवराज कृषि सहकारी संस्था लिमिटेड खरेन्द्रपुरको तेस्रो अधिवेशन तथा आठौं साधारणसभा सम्पन्न भएको छ ।
शिवराज नपा ३ खरेन्द्रपुरमा
सप्पन्न सभाले केयर सिंह अदैको अध्यक्षतामा ११ सदस्यीय नंया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा चेतनारायण खनाल, सचीवमा टिकमाया भण्डारी, सहसचिवमा तारा पल्ली मगर, कोषध्याक्षमा राम बहादुर चमार, सदस्यमा नवराज पौडेल, झक बहादुर बि.क , श्याम मोहन केवट, सोना पन्थ, सुशिला खनाल चयन भएका छन भने नन्दराज भण्डारी को संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति चयन गरिएको को छ जसअनुसार सदस्यमा प्रकाश बराल, रामी केसि, रुपान भण्डारी, रामदेब कुर्मी, उमा जैसि,सबिना केसि,पुर्णकला थापा,दुर्गा भुसाल, टके सुनार चयन भएका छ्न । यसैगरी लेखनाथ खनालको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरिएको छ । जसको सदस्यमा लक्ष्मी पौडेल,श्याम बहादुर चौहान रहेका छन । र श्याम प्रकाश खनालको संयोजकत्वमा ३ सदस्यीय समिति चयन भएका छ्न जसमा माधब पौडेल र हरिकला खड्का रहेका छन ।
सभालाइ सम्बोधन गर्दै शिवराज नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले सहकारीले काम गरेर देखाउनु पर्ने भन्दै शिवराज सहकारीले वडा नम्बर ३ मा उत्कृष्ट कार्य गरेको बताउदै सहकारीका सदस्य मिलि तरकारी खेती तथा अन्य ब्याबसाय मा लाग्नुका साथै सामुहिक घरेलु उधोक संचालन गर्न आग्रह गर्नु भयो । सापकोटाले नेपालमा पछिल्लो समय लघुबित्त तथा केही सहकारीले बदनाम गरेको तर्क राख्दै सम्पूर्ण सदस्य चनाखो बन्न आग्रह गर्नु भयो । उहाले नव कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरुलाइ
हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्नुभएको थियोे ।
संस्थाको २०७९/ ८० को वार्सिक प्रतिबेदन प्रस्तुत अध्यक्ष केयर सिह अदैले ६२ लाख बराबरको कारोबार गरेको बताउदै
सहकारीका सदस्यहरुले सामुहिक उत्पादन गर्न सक्ने सामार्थय नभएकोले पटेक क्षेत्र निर्माण गरेर खेती गर्ने ब्यावस्था मिलाउन सकियो भने उत्पादन बढाउन सकिने बताउनु भयो । उहाँले सहकारीले हाल सम्म वडा नम्बर ३ मा मलखादको ब्याबस्था गरिएको । तर किसानलाई चाहिएको बेला मल नआउने भएको हुदा सहकारी संस्था मार्फत यसको लागि पहल गरिने बताउनु भयो ।
अब आगामी दिनमा सहकारीले किसानले उत्पादन गरेका तरकारी घरघर बाट उठाउने र संकलन केन्द्रबाट बिक्री बितरण गर्ने योजना रहेको बताउनु भयो ।
फरक प्रसङ्गमा सहकारीमा वडा नम्बर ३ का वडाबासिको मात्रै स्मामित्व रहेकाले बचत डुब्ने डर नभएको अदैले बताउनु भयो ।


प्रतिक्रिया