कपिलवस्तुको शिवराज नगरपालिका ५ निवासी पुर्णिमा थारु १६ वर्ष मुनीको राष्ट्रिय खेलाडिमा छनोट भएकि छिन् । यहि माघ १६ गते देखि २८ गते सम्म हुुने साफ यु १६ महिल च्याम्पेनसिप २०२४ को लागि छनोट भएकि छिन् । राष्ट्रिय माविमा कक्षा ११ मा अध्ययनरत थारुलाई शिवराज नगरपालिका,वडा ५ को कार्यालय,चन्द्रौटा उद्योगा वाणिज्य संघले सम्मान गरेको छ ।
नगरको गरीमा उच्च राख्न हौसला दिदै वडा न ५ ले नगद १५ हजार समेत हस्तान्तरण गरेको छ । वडामा खेलाडि उत्पादनको क्रम बढेको भन्दै साफ प्रतियोगिता जित्नुपर्ने वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले बताउनुभयो । चन्द्रौटा उद्योगा वाणिज्य संघले पनि नगद सहित दोसल्ला ओढाएर सम्मान गरेको छ । कार्यसमितिको वैठकको अवसर पारेर खेलाडि थारुलाई सम्मान गरिएको अध्यक्ष इश्वरी प्रसाद पाण्डेले बताउनुभयो ।महासंघ केन्द्रिय सदस्य जम्सेर अलि मियाले खेलाडिलाई शुभकामना दिदै उच्च मनोवलका साथ खेलमा सहभागि हुन आग्रह गर्नुभयो ।
प्रतिक्रिया