मोफसल खवर , फागुन २३ कपिलवस्तु
शिवराज नगरस्तरीय सहकारी संजालले नगरप्रमुख अजय थापा समक्ष ध्यानाकर्षण पत्र वुझाएको छ । प्रदेशस्तरीय सहकारीको नाममा शिवराज नगरपालिकाको चन्द्रौटामा संचालन रहेका सहकारीहरुको अनुगमन गर्न माग गर्दै संजालले ज्ञापन पत्र वुझाएको हो । केहि दिन अघि सुसन्देश वहुउदेश्यीय सहकारी संस्थाले सिधा नागरिकलाई भुक्काएर वचत गरिरहेकोमा एक्कासी आफु त्रटणत्मकमा गएको भनी फागुन २१ गते नगरमा कारोवार वन्द गरेको लिखित जानकारी गराएकोप्रति संजालको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ । संजालका अध्यक्ष सरद अधिकारीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा सुसन्देश सहकारीमा रकम जम्मा गर्ने वचतकर्ताको रकम सुरक्षीत रुपमा फिर्ता गर्न सहकारीलाई आग्रह गरेको छ । संजालले नगरपालिकालाई सहकारीहरुको नियमीत अनुगमन गर्न समेत अनुरोध गरेको छ । नगरप्रमुख अजय थापा र सहकारी साखाका प्रमुख लक्ष्मी कडेंललाई विज्ञप्ती वुझाएको उपाध्यक्ष गोपाल वन्जाडेले वताउनुभयो । सहकारी संजालको विज्ञप्ती वुझर्दै नगर प्रमुख अजय थापाले नगरपालिका नागरिकको लगानीप्रति सचेत रहेको वताउनुभएको छ । प्रमुख थापाले नगरले नियमीत अनुगमन गर्ने तथा आर्थिक क्रियाकलापहरुको पनि चासोको साथ हेर्ने वताउनुभएको हो ।
विज्ञप्ती



प्रतिक्रिया