कपिलवस्तुमा विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुको आयोजनामा शिवराज नगरपालिका १ शिवपुरमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसिले गुणस्तरीय खाद्य बारेमा एकिन गरेर मात्र खरिद गर्नुपर्ने बताउनुभयो । गुणस्तरीयहिन खाद्य प्रयोगले नागरिकको स्वास्थ्यमा जटिल समस्या उत्पादन हुने भएकोले उपभोक्ता सजग हुनुपर्ने जनाउनुभयो । कार्यक्रममा चम्बर अफ कर्मसका केन्द्रीय सदस्य महादेव पोख्रेलले गुणस्तरीयहिन खाद्य पदार्थको बारेमा उपभोक्तालाई जानकारी गराउनुपर्ने बताउनुभयो । अखाद्य बस्तुको बारेमा व्यापारी र उपभोक्त दुबै सचेत हुनुपर्नेमा जोड दिनुभयो
खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयका कपिलवस्तु प्रमुख रमेस दाहालले खाद्यमा सुरक्षा स्वच्छता सम्प्रभुता आवश्यक रहने बताउनुभयो । खाद्य ऐन र नियमावलीको बारेमा समेत प्रस्ट्याउनुभएको थियो । कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख प्रेमबहादुर गौतमको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता, चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य महादेव पोख्रेल, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पाण्डे, अधिकारकर्मी मिना परियार,शरद अधिकारी खाद्य तथा गुण नियन्त्रण कार्यालय प्रमुख रमेश दाहाल लगायत अधिकारकर्मीहरूको आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया