Developed By Kuldeep Sharma

११ महिना अगाडि

शिवराजमा पोषण मैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

कपिलवस्तु, असार १५ —
शिवराज नगरपालिकामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पोषण मैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ। पोषणका सवालमा स्थानीय तहको भूमिकालाई सशक्त बनाउन आयोजित कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले पछिल्ला दिनहरूमा असन्तुलित खानपानका कारण जटिल रोगहरू बढ्दै गएको उल्लेख गर्दै, नगरपालिका स्तरबाट पोषण सुधारका लागि आवश्यक नीतिगत तथा कार्यगत पहलहरु गरिने बताउनुभयो।
कार्यक्रममा पुर्व संयोजक भुवनेश्वर शर्माले सहजीकरण गर्दै वडा र नगर तहमा पोषण मैत्री शासन व्यवस्थापनका लागि आवश्यक ४९ वटा सुचकका बारेमा जानकारी दिनुभएको थियो। सहभागीहरूसँग जनप्रतिनिधिको भूमिका, स्वास्थ्यकर्मीहरूको उत्तरदायित्व, र समन्वयात्मक कामको बारेमा गहन छलफल भएको थियो।
कार्यक्रममा बहुक्षेत्रीय पोषण कार्यक्रम संयोजक कमला काफ्लेले नगारपालिकालाई पोषण मैत्री स्थानीय शासन घोषणा गर्न निरन्तर रुपमा विविध कार्यक्रमहरू अघि बढाइरहेको जानकारी दिनुभयो। उहाँले जनस्वास्थ्य सुधारका लागि पोषणका विषयमा व्यापक सचेतना आवश्यक रहेको धारणा राख्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma