Developed By Kuldeep Sharma

२ हप्ता अगाडि

शाहले टिकट पाउलान त ?

कपिलवस्तु क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसको टिकट कसले पाउने भन्ने विषय अहिले स्थानीय राजनीतिमा प्रमुख एजेण्डा बनेको छ। क्षेत्रीय समितिले लोकप्रिय युवा नेता अभिषेक प्रताप शाहको नाम समावेश नगरी सिफारिस गरेपछि कांग्रेसभित्रै असन्तुष्टि र आक्रोश तीव्र रूपमा बढेको छ।

नेपाली कांग्रेस क्षेत्र नं. ३ क्षेत्रीय समितिले शाहको नाम हटाएर वीरेन्द्रकुमार कनौडियालाई एकल नामका रूपमा सिफारिस गरेपछि पार्टीभित्रको विवाद खुलेर बाहिरिएको हो। गत प्रदेश सभा निर्वाचनमा पराजित कनौडियाले यसपटक भने आफूलाई एक्लै सिफारिस गराउन सफल भए पनि, शाहलाई मन पराउने कार्यकर्ता र युवाहरूले यसलाई ‘असामान्य निर्णय’ भन्दै कडा आपत्ति जनाएका छन्।

लोकप्रियता र प्रभाव दुवैमा अगाडि देखिने अभिषेक प्रताप शाहको नाम हटाइनु कांग्रेसभित्र धेरैलाई अपाच्य बनेको छ। यही विषयलाई उठाउँदै प्रदेश क का क्षेत्रीय सभापति गोविन्द केसीले समेत विज्ञप्ति जारी गर्दै शाहको नाम तुरुन्त सिफारिस सूचीमा राख्न माग गरेका छन्।

यता शाहका समर्थक नेताहरू र युवा कार्यकर्ताले बुधबार जिल्ला समितिमा पुगेर औपचारिक ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले “क्षेत्र नम्बर ३ मा शाहको विकल्प छैन” भन्दै पार्टीले गरेको निर्णय तत्काल सच्याउनुपर्ने जोरदार माग गरेका छन्।

क्षेत्र नम्बर ३ मा चलिरहेको यो टिकट विवादले कांग्रेस नेतृत्वमाथि नै गम्भीर प्रश्न उठिएको छ। आगामी निर्वाचनमा प्रभाव पार्नेगरी यो विवाद अझ चर्किने संकेत देखिएका छन्। शाह जनताप्रती उत्तरदायी रहेकोले टिकट पाउने निश्चित रहेको समर्थकहरुको दावी छ । काग्रेस जिल्ला र प्रदेशको निर्णय के आउँछ हेर्न बाकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma