कपिलवस्तु । दियालो नेपालको १४औँ साधारणसभा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष लक्ष्मी भुसालको अध्यक्षतामा सम्पन्न साधारणसभामा अध्यक्ष भुसालले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म संस्थाले गरेका गतिविधि तथा उपलब्धिबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले दियालो नेपालले सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको बताउनुभयो। समाजमा सकारात्मक परिवर्तन ल्याउन सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले संस्थाले सञ्चालन गरेका सामाजिक गतिविधिको प्रशंसा गर्नुभयो।
कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले संस्थाले गर्दै आएका सामाजिक कार्य तथा गतिविधिबारे चर्चा गर्दै महिला, बालबालिका र समुदायको हितमा सञ्चालन हुने कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।
यसैबीच, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत कार्यक्रममा कानुनी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। कार्यक्रममा मधु पोखरेल,महादेव पोखरेल, विष्णु खतिवडा लगायत बोल्नु भयो ।
उक्त कार्यक्रममा मिना परियारले सहभागीहरूलाई महिला हिंसासम्बन्धी कानुनी व्यवस्था, महिलाका अधिकार तथा हिंसा भएमा अपनाउनुपर्ने कानुनी प्रक्रियाबारे प्रशिक्षण दिनुभएको थियो।


प्रतिक्रिया