Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

ईट्टा उद्योगमा काम गर्ने ९८ जना मजदुरलाई राहत (तस्बिर सहित)

कपिलवस्तु १० भदौ
कपिलवस्तुका इट्टा उद्योगमा काम गर्ने मजदुरहरुलाई राहत सामाग्री वितरण गरिएको छ । कोरोना भाइरसको महामारीको अवस्थामा भट्टामा काम गर्ने मज्जुदरहरुलाई विश्व शिक्षाको सहयोगमा दलित मानव अधिकार निगरानी समिति कपिलवस्तुले जिल्लाका विभिन्न ईटा उद्योगमा काम गर्ने ९८ जना मज्दुरहरुलाई राहत सामाग्री वितरण गरेको छ ।


इटा भट्टामा काम गर्ने परिवारका बालबालिकाको शिक्षाको क्षेत्रमा काम गर्ने विश्व शिक्षाले बालबालिकको परिवारलाई कोरोना कहरका कारण अहिले धेरैको रोजगारी गुमेको अवस्थामा राहत सामाग्रीले केहि भए पनि सहयोग पुग्ने विश्वासले राहत वितरण गरिएको दलित मानव अधिकार निगरानी समिति कपिलवस्तु अध्यक्ष मिना परियारले बताइन । अहिले इटा उद्योगहरुमा खासै काम नचलेकोले दैनिकी संचालन गर्न अप्ठ्यारो परेको हुदाँ उनीहरुलाई राहत दिएका हौं परियारले बताइन ।


अहिले इटा उद्योगमा बालबालिका श्रमिक नभए पनि उनीहरुका अभिभावकहरु उद्योगमा नै आश्रित हुने हुदाँ राहत वितरण प्रभावकारी भएको अध्यक्ष परियारले बताइन । अहिले उद्योगमा काम नभएको अवस्थामा यसरी राहत पाउँदा साँझ विहानको छाक टार्न सहज हुने श्रमिक अमित पासवानले बताए । जिल्लामा एक सय जना मज्जुदरहरुमा सर्वेक्षण गर्दा हालको अवस्थामा पनि ८ जना बालबालिका इटा उद्योगमा मज्दुरको रुपमा काम गरिरहेको पाइएको विश्व शिक्षा सक्रिय परियोजना अनुगमन मुल्यांकन अधिकृत देवेन्द्र पासवानले बताए ।


बुधबार शिवराज नगरपालिका क्षेत्रमा रहेको इट्टा उद्योगमा काम गर्ने ४८ जना र महाराजगञ्ज नगरपालिका क्षेत्रमा रहेका ईट्टा उद्योगमा काम गर्ने ५० जना मजदु्हरुलाई अतिआवश्यक सामाग्री बितरण गरिएको दलित मानव अधिकारी निगरानी समिति कपिलवस्तुका अध्यक्ष परियारले बताइन । । वितरण गरिएको राहत सामाग्रीमा प्रति परिवार चामल २५ केजि,दाल २ केजि,तेल १ लिटर, नुन १ केजि, साबुन १ पिस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma