Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

आज देशका धेरै ठाउँको मौसम सफा

काठमाण्डाै – काठमाण्डौ उपत्कासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

आज दिनभर नै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार हिउँदयाम  लगभग सकिएकाले अब बिहानैदेखि घाम लाग्ने छ । आज प्रदेश-१ तथा गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । तर, तकाल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

अब बिस्तारै गर्मी अझै बढ्दै जाने छ भने प्रि-मनसुनका गतिविधि पनि सुरु हुनेछन् । प्रि-मनसुनमा हावाहुरी चल्ने, मेघगर्जनसहित चट्याङ्ग पर्ने हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma