Developed By Kuldeep Sharma

२ हप्ता अगाडि

सरसफाईमा बिजयनगर आक्रमक ,खुलाठाउँमा शौच गर्ने १६ जना प्रहरी नियन्त्रणमा

कपिलवस्तुको विजयनगर गाउँपालिकामा खुला ठाउँमा शौच गर्ने १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिका र प्रहरीसहितको टोलीले मङ्गलवार बिहान ५ बजेदेखि बस्ती, सडक तथा खेतबारीमा खुला दिसा गर्नेको पहिचन गर्न छड्के अनुगमन गरेको थियो ।
पालिकाका वास संयोजक अर्जुन बेल्वासेको नेतृत्वमा रहेको टोलीले पाँच वडामा अनुगमन गरेको थियो । इलाका प्रहरी कार्यालय गणेशपुरको प्रहरी सहितको अनुगमन टोली देखिएपछि खुला दिसा गर्ने समूहको भागाभाग भएको थियो । प्रहरी नियन्त्रणमा पर्नेमा वडा नम्बर १,२,५,६ र ७ का रहेका वास संयोजक बेल्बासेले बताउनुभयो । नियन्त्रणमा पर्नेमा ३ जना भारतीय नागरिक छन् । उनीहरू पाहुना बन्न विजयनगर आएका थिए । नियन्त्रणमा लिएकालाई शौचालय निर्माण र प्रयोग गर्ने कागज गराईं वडाध्यक्षको जिम्मा लगाउने बताइएको छ ।
पालिकाले वैशाखदेखि पूर्ण सरसफाइ कार्यान्वयन गरी खुला दिसा मुक्त बनाउन अभियानको रूपमा अगाडी सारेका थियो । तीन महिनासम्म समुदायमा सचेतना अभियान, शौचालय निर्माणको अभियान सञ्चालन गर्दै वैशाखदेखि अटेरी गर्नेलाई कारबाही गर्ने योजना अगाडि सारेको थियो । हप्तामा एक दिन छड्के अनुगमन गरी शौचालय प्रयोग नगर्नेलाई कारबाहीको दायरामा ल्याउने पालिकाले जनाएको छ । पालिकाले सरसफाइ कार्यविधि निर्माण गरी खुला दिसा गर्नेलाई १ हजारदेखि ५ हजार रकम जरिवाना तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma