Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

चन्द्रौटा खानेपानीको निर्वाचन प्रक्रिया तिब्र, आज उमेद्धारी फारम वितरण गरीदै

कपिलवस्तु –

चन्द्रौटा खानेपानी सस्थाको निर्वाचन प्रकिया तिब्र रुपमा अगाडि बढेको र मतदाता नामावलि प्रकाशन गरीसकिएको यस्तै आज मंगलबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उमेद्धारी फारम वितरण गर्न लागिएको निर्वाचन मण्डलका सदस्य सरद अधिकारीले जानकारी दिनुभयो ।

चन्द्रौटा खानेपानी तथा उपभोक्ता सरसफाइ सस्थाको निर्वाचन यहि चैत्र १२ गते हुने भएको छ । फाल्गुन १९ गते भएको साधारणसभाले यहि चैत्र १० गते भित्र निर्वाचन गर्ने गर्ने निर्णया गरेको थियो तर उक्त मितिलाई २ दिन पछि धकेलेर चैत्र १२ गते निर्वाचन हुने भएको हो । निर्वाचन मण्डलको बैठकले निर्वाचन कार्यतालिका पनि शार्वजनिक गरेको छ ।

जस अनुसार चैत्र ७ गते मतदाता नामावलि प्रकाशन, ८ गते विहान दावि विरोध, ८ गते दिउसो १२ बजेसम्म अन्तिम नामावलि प्रकाशन, ८ गते बेलुका ४ बजे उमेद्धारी मनोनयन फारम वितरण, ९ गते विहन उमेद्धार मनोनयन, ९ गते दिउसो दावि विरोध, ९ गते दिउसो उमेद्धारी फिर्ता, ९ गते साझँ उमेद्धारको अन्तिम नामावलि प्रकाशन तथा चसनाव सचनह वितरण, १० र ११ प्रचार प्रसार, १द्द गते विहान ८ बजेदेखि ३ बजेसम्म मतद्दान, यस्तै १द्द गते साझँ ५ बजेदेखि मतगणना सुरु गर्ने गरी निर्वाचन मण्डलले निर्वाचन कार्यतालिका शार्वजनिक गरेको छ ।

यस्तै बैठकले २०७८ पौष सम्मको बक्यौता रकम बुझाएकाले मात्र निर्वाचनमा भाग लिन पाउने पनि निर्णय गरेको छ । मतदानमा भाग लिन जाने उपभोक्ताले मतदाताको परीचय खुल्ने परीचय पत्र देखाएर मतदानमा भाग लिन पाउने, एउटै व्यक्तिको नाममा जतिसुकै धारा जडान भएको भएपनि एउटा मात्र मत हाल्न पाउने, चैत्र ६ भन्दा अगाडि मात्र धारा नामसारी भएकालाई मात्र मतदानमा सहभागि गराइने, खानेपानि मिटर नजोडेकालाई भोटिगं अधिकार नदिने पनि निर्वाचन मण्डलको बैठकले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma