Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

नेविसंघ तदर्थ समिति गठनको माग गर्दै रिले अनसन

काठमाडौं – नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ० मा तदर्थ समिति गठनको माग गर्दै एक समूहले कांग्रेस पार्टी कार्यालय सानेपामा रिले अनसन सुरु गरेको छ ।

नेविसंघ संघर्ष समितिको नाममा पाँच बुँदे माग राख्दै सञ्जय जंग थापा, विवेक बानिया, सुर्य सत्याललगायतका समूहले पार्टी कार्यालयमा रिले अनसन सुरु गरेको हो ।

नेविसंघ अध्यक्ष राजीव ढुंगाना कांग्रेस केन्द्रीय सदस्य भएपछि हाल नेविसंघ नेतृत्वविहीन छ ।

कांग्रेसको गत फागुनमा बसेको कार्यसम्पादन समितिको बैठकले नेविसंघसहितका भ्रातृ संगठनको केन्द्रीय समिति विघटन गरेर तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो । तर अध्‍यक्षका आकांक्षी धेरै भएपछि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई तदर्थ समिति गठन गर्न सकेका छैनन् ।

रिले अनसनमा बस्नेहरुले नेविसंघको तदर्थ समिति गठन गर्दा ३२ वर्षे उमेर हद कार्यान्वयन गर्न नहुने माग गरेका छन् । नेविसंघले १२ औं महाधिवेशनदेखि ३२ वर्षे उमेर हद लागू गर्ने विधान बनाएको थियो ।

तदर्थ समिति गठन गर्दा नै उमेर हद लगाउन लागेको भन्दै उनीहरूले विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma