Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

५ बर्षको समिक्षा सहित एमाले शिवरजको घोषणापत्र: आकासे पुलदेखि नगरको भवनसम्म

नेकपा एमाले शिवराजले वैशाख ३० गते हुने पालिका चुनावको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । नेकपाको स्थापना दिवसको अवसरमा आज एक कार्यकञ्मको आयोजना गरी
प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । विगतको ५ बर्षको समिक्षा सहित प्रतिबद्धता पत्र सार्वजनिक गर्दै एमाले प्रदेश कमिटी सदस्य गुणनिधि भुसालले २०७४ सालको स्थानिय निर्बाचनमा पार्टीले गरेका प्रतिबद्धता ९० प्रतिशत पुरा गरेको घोषणा पत्र पञ्स्तुत गरेका थिए ।

एमाले शिवराजले आफ्ना चुनावि प्रतिबद्धता घोषण गर्दै बजार सुन्दरीकरण तथा ट्राफिक व्यवस्थापनका लागि सम्वन्धित निकायसंग सहकार्य गरि चन्द्रौटा बजारको मेन चोकमा आकासे पुल निर्माण गरिने जनाएको छ । निर्वाचन भएको पहिलो वर्ष भित्रै नगरको प्रशासकिय भवनका साथै नगरमा रहेका सरकारी कार्यालयहरुको आफ्नै भवन निर्माणका लागि विशेष पहल गर्ने पनि प्रतिबद्धता शर्वजनिक गरेको छ ।

यस्तै एमाले शिवराजले कक्षा 12 सम्मको शिक्षालाई निशुलक गर्ने, समग्र नगरलाई समृद्ध बनाउने अभियानलाई सार्थक गर्न “समृद्ध शहर, स्वरोजगार नागरिक र आत्मनिर्भर नगर” भन्ने नारालाई आत्मसात गर्दै आर्थिक बिकासका लागि नगर भित्रका बजारहरुको बर्गिाकरण गरी स्थानान्तरण र नयाँ स्थापनाको मापदण्ड तोक्ने , रोजगारी बढाउन जल, जंगल र जमिनमा आधारीत उद्योग स्थापनामा प्रोत्साहन अनुदानको ब्यवस्था गर्ने ।

शिवराजका औद्योगिक क्षेत्र वडा नं।६,७,८ र १० मा आउने वातावरण मैत्री रोजगारमुलक उद्योगहरुको प्रवर्धन र विकासका साथै नया उद्योगी र गर्दै उद्यमीहरुको प्रोत्साहनका लागि नया आउने उद्योगलाई प्रारम्भीक चरणमा स्थानिय निकायमा लाग्ने राजश्व छुट दिने।

नगरको डिजिटल प्रोफाइल तयार पारी नगरवासीको सम्पुर्ण सुचनालाई ब्यवस्थित गराउन सहयो गर्ने त्यस्तै सबैलाई गुणस्तरिय र सुलभ शिक्षा, आधारभुत स्वास्थ्य जनताको अधिकार ” भन्ने लक्ष्य सहित एमाले शिवराजले आफनो प्रतिबद्धता सबै सामुदायिक विद्यालयहरुमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्ने । नगर भित्रका बाल विकास केन्द्रहरुलाई व्यवस्थीत गरी नमुना बालबिकास केन्द्रहरु संचालन गर्ने ।

नगर भित्रका सबै सामुदायिक विद्यालयहरुमा आधारभुत एव बातावरणमैत्री, अपागंमैत्री तथा बालमैत्री पुर्वाधारहरु निर्माण गर्ने ।नगरमा भएका प्राविधिक शिक्षालयलाई प्राथामिकतामा राखी रोजगारमुलक शिक्षालाई प्रवर्धन गर्दै, उत्पादीत दक्ष जनशक्तिलाई नगरमै रोजगार श्रृजना गर्ने । कक्षा १२ सम्मको शिक्षा निशुल्क गर्ने शैक्षिक गुणस्तरका आधारमा निजी तथा आवासीय विद्यालयहरु पुरस्कृत गरी प्रोत्साहन गर्ने ।संस्थागत विद्यालयहरुका शिक्षकको न्यूनतम पारिश्रमिक मापदण्ड तय गर्ने ।

त्यस्तै स्वास्थ्य तर्फ नगर स्तरमा हाल संचालित आधारभुत अस्पताललाई आफ्नै भौतिक पुर्वाधारबाट २४ घण्टे आकस्मीक सेवा, बहिरंङ्ग तथा अंतरंङ्ग सेवालाई प्रभावकारी तथा गुणस्तरिय बनाउन विशेषज्ञ सेवा उपलब्धताको सुश्चितता गर्ने । साथै अत्याधुनिक ल्याब डिजीटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा र अस्पतालको फार्मेसी सेवा संचाल तथा व्यवस्थापनको लागि सुनिश्चिता गर्ने ।

नगर भित्र भएका स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्र, नागरिक आरोग्य सेवा केन्द्रहरुको सेवा प्रभावकारी रुपमा संचालन गरिनेछ गर्ने । शिवराज नगरपालिका अन्तर्गत संचालित २४ घण्टे प्रसुती सेवालाई थप व्यवस्थीत तथा गुणस्तर सुधारका लागि ल्याव, एम्बुलेन्स सेवा तथा दक्ष जनशक्ति व्यवस्थापन गर्दै सम्पुर्ण वडाहरुमा संचालित स्वास्थ्य केन्द्रहरुमा २४ घण्टे प्रसुती सेवाहरु विस्तार गरि शुन्य घर प्रसुती सेवा सुनिश्चिता गर्ने ,६० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई न्यूनतम बर्षको ४ पटक स्वास्थ्य परिक्षण तथा परामर्श सहीतको सेवा उपलब्ध गराउनेलगायतका नारा पनि अघि सारेको छ ।

लक्षित समुदायको शीप र सशक्तिकरण सहितको सामाजिक न्याय भन्ने नारासहित लक्षितबर्गको उत्थान,संरक्षण र प्रोत्साहानको लागि ७० वर्ष माथिका नागरिकको स्वास्थ्य विमा नगरले गरिदिने कार्यलाई निरन्तरता दिने , जेष्ठ नागरिक÷अपाङ्ग को स्वास्थ्य सेवा पहुच विकासका लागि स्वास्थ्य सेवा अभियान घरघरमा पु¥याउन जोड दिने लगायतका चुनावि प्र्र्रतिबद्धता घोषण गरेको छ ।

विभिन्न क्षेत्रमा कार्यरत मजदुरको जीविको पार्जनमा सघाउन मजदुरका लागि मेयर उपमेयर कार्यक्रम संचालन गरिने , खेती र खेतीयोग्य जमीनको उच्चतम प्रयोग र उत्पादकत्व बृद्धी गर्नका लागि सिचाईको लागि शिवराज न।पा। वडा।नं।१ सुराई नदी देखि वडा।नं। ७ जुमली गाउ, नगरको अन्तिम सिमाना सम्म भएको सिचाई कुलो र पानीलाई व्यवस्थापन गरि संचालनमा ल्याउन पहिलो बर्ष पहिलो प्राथामीकता राखी यथासिघ्र काम संचालन गर्ने । नगरवासीलाई प्रयाप्त शुद्ध पिउने पानीको ब्यवस्था लागि एक वडामा एक खानेपानी आयोजना र एक घर एक धारा मिलाउन थप आयोजनाहरु संचालन गरिने ।

शिवगढि धानखोला,उमरी गुफा, सोनवा गढ, सुपा देउराली स्वर्गद्धवारी आश्रम, कक्रहवा घाट, कर्णेश्वरी मन्दिर, कोटवा समयथान मन्दिर महत्वका, विरपुर समईथान मन्दिर, सौनी बावा, करबला विभिन्न आस्थाका केन्द्रहरुलाई बिकास गर्ने । नविकरणीय र बैकल्पीक उर्जाका माध्यमले “उज्यालो नगर हरित शहर ” को कार्यक्रम लागु गर्ने ।

त्यस्तै घोषण पत्रमा खोज, अनुसन्धान र आविस्कारलाई प्रोत्साहन गर्न विद्यावारिधी अध्ययनका लागि छात्रबृत्तिको कोष खडा गरि आवश्यक निर्देशिका बनाई संचालन गर्ने ।

लेखक—पत्रकार, साहित्यकार, शिक्षक, स्वास्थ्यकर्मी, अधिकारकर्मी, सफल उद्यमी, ब्यापारी, खेलाडी तथा कलाकारलाई हरेक वर्ष नगरबाट सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रम पनि घोषण पत्रमा उल्लेख गरेको छ । “म बनाउछु मेरो टोल” भन्ने योजना बनाई नगरका हरेक टोलमा टोल विकास समिती बनाइ प्राथामिकता साथ लागु गर्ने ।

ज्यालो पालिका, पर्यटन र पूर्वाधार विकास, स्थानीय उत्पादनको बजारीकरण प्राविधिक शिक्षालगायतका विषयलाई घोषणाले समेटेको छ ।शिवराज ५ चन्द्रौटामा आयोजित कार्यक्रम नगर कमिटी अध्यक्ष जगत पौडेलको अध्यक्षता, नेकपा एमाले केन्द्रिय कमिटी कमिटी सदस्य गीरीधारीलाल न्यौपानेको प्रमुख आतिथ्यता, एमाले नगर उपाध्यक्ष महादेव पोख्रेलको स्वागत र सचिव शरद अधिकारीको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा केन्द्रिय सल्हाकार सदस्य साधुराम खनाल , प्रदेश कमिटी सदस्य सन्जीर प्रसाद थारु, वेगम विश्वकर्मा , नेत्रराज अधिकारी , एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा ,सचिव चन्द्र बहादुर गहतराज , उप सचिव अर्जुन के सीलगायत एमो जिल्ला कमिटीका नेता एवंम एमाले शिवराजका तेता तथा कार्यकर्ताको सहभागिा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma