Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

कपिलवस्तुको शिवराजमा उम्मेदवारी दर्ता ,को को हुन उम्मेदवार ?

चन्द्रौटा,१२ वैशाख
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि कपिलवस्तुको शिवराज नगरपालिकामा विभिन्न दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमाले वाट मेयर पदमा महादेव पोखरेल उपमेयर पदमा शिवकुमारी थारुले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नेपाली काग्रेसवाट मेयरमा हुमाकान्त खनाल र उपमेयरमा शारदा रायमाझीले उम्मेदवारी दिनुभएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरी उम्मेदवारी दर्ता गरेका छन् । गठबन्धन वाट मेयर पदमा क्षेत्र बहादुर खत्री र उपमेयरमा दिनेश पुनको उम्मेदवारी परेको छ ।
जनता समाजवादी पाटीले मेयर पदमा कृष्ण कुमार चौधरी र उपमेयरमा प्रमीला थारुलाई उम्मेदवार बनाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी वाट मेयर पदमा रबीदत्त मिश्र र उपमेयर पदमा सिता खनालको उम्मेदवारी रहेको छ ।
राप्रपा वाट मेयर पदमा अजय थापा र उपमेयर पदमा विपसा थारुले उम्मेदवारी दिनुभएको छ । त्यस्तै नेकपा विप्लव समुहका नेता भेषराज भुसालले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma