Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

चौधरीको चर्चाले बजार लियो

कपिलवस्तु – स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा नेताहरु गाउँ गाउँ पुग्न थालेका छन । यो बेलामा ठाउँठाउँमा नेताका नै चर्चा चल्ने गर्दछ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ बाट वडा सदस्य पदमा उमेद्धारी दर्ता गरेकि सम्झना चौधरीको चर्चाले यतिबेला बजारमा तहल्का पिटेको छ । युवा एवम शैक्षिक साथै चौधरी समुदायबाट उमेद्धारी दिएकि चौधरीको चुनावि चर्चाले यतिखेर बजार पाएको छ ।


कपिलवस्तुको मुख्य व्यापारीक केन्द्रको रुपम रहेको शिवराज नगरपालिको केन्द्र बिन्दु वडा नं ५ बाट वडा सदस्यमा उमेद्धारी दिएकि चौधरी महिला र चौधरी समुदायको प्रतिनिधित्व गर्दै अगाडि बड्र्दै गर्दा चारैतिरबाट साथ देखिन्छ । शिवराज नगरपालिका वडा नं ५ दक्षिण रहटकोल घर भई क्याम्पस तहदेखि राजनितिमा लागेकि चौधरी हाल नेकपा एसको विद्यार्थि संगठन अनेरास्ववियृको जिल्ला उपाध्यक्षमा रहेर विभिन्न सामाजिक कार्यमा लाग्दै आएकि छिन ।


शैक्षिक रुपमा समेत अब्बल रहेकि चौधरीको चर्चाले सम्झनालाई जिताउनु पर्ने समुदायमा होडबाजि चलिरहेको छ । अबको दिनमा सबैले विचार गरेर युवा वर्ग र शैक्षिक स्तरका व्यक्तिलाई अगाडि ल्याउन सके देश विकाशमा फड्को मार्न सकिने स्थानियको भनाई छ । आज राजनीति र नेतृत्वप्रति जुन दृष्टिकोण छ, त्यसलाई बदल्न सक्षम युवापुस्ताले नेतृत्व लिन जरुरी छ, जसले युवालाई राजनीतिमा संलग्न हुन अभिप्रेरित गरोस् स्थानिय सुमित्रा अधिकारीले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma