Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

एमालेका उमेद्धार जनताको शासक होईनन, सेवक हुन : केन्द्रीय सदस्य फारूकि

नेकपा एमालेबाट बनेका उमेद्धार जनताको शासक होईनन, सेवक हुन यो सन्देश नागरीक सम्म पुराउनु पर्ने नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा मुस्लिम ईत्यिहाद संघ केन्द्रीय अध्यक्ष सिराज अहमद फारूकिले जोड दिनुभयो । शाहा परिवाबाट बारम्बार नेतृत्व गरे पनि आफू शाहा परिवारको लालन पालन भन्दा बाहिर हुर्केकोले नागरीकको सुख दुख महशुस गर्न सक्ने उमेद्धार नेकपा ऐमालेले अघि सारेको केन्द्रिय कमिटि सदस्य तथा कपिलवस्तु जिल्ला सह ईन्चाज सुशील कुमार श्रीवास्तवले बताउनुभयो । कृष्णनगरमा विकासका लागि नागरीकहरु ब्याकुल रहेकोले नेकपा ऐमाले नितृत्वले मात्र त्यो सपना पुरा गर्न सक्ने भएकोले नागरीकहरुलाई सुर्य चिन्हमा मतदान गर्न आवहान नेकपा ऐमाले जिल्ला कमिटि सचिव सि.बि. गहतराजले बताउनुभयो ।

कृष्णनगर नगरपालिकामा नेकपा ऐमालेको तर्फबाट नगर प्रमुखमा कुनाल प्रताप शाहा र उप प्रमुखमा श्रीमती बिमलेश मौर्याको उमेद्धारी दर्ता भएको छ । वडा नं १ का वडा अध्यक्ष मनोज कुमार जयसवाल, वडा नं २ का वडा अध्यक्ष कृष्ण कुमार गुप्ता, वडा नं ३ का वडा अध्यक्ष सगीर अहमद खाँ, वडा नं ४ का वडा अध्यक्ष दिपेन्द्र कुमार कुर्मी, वडा नं ५ का वडा अध्यक्ष सरोज कुमार चौधरी (कुर्मी), वडा नं ६ का वडा अध्यक्ष जावेद आलम खान, वडा नं ७ का वडा अध्यक्ष मारुफ आलम खाँ, वडा नं ८ का वडा अध्यक्ष राम लौटन अहिर, वडा नं ९ का वडा अध्यक्ष घनश्याम मौर्य, वडा नं १० का वडा अध्यक्ष अलताफ आहमद खाँ, वडा नं ११ का वडा अध्यक्ष फग्गु मुराऊ, वडा नं १२ का वडा अध्यक्ष राजेश कुमार चौधरीले उमेद्धारी दर्ता गरेको छन । कृष्णनगर नगर कमिटि अध्यक्ष संदिप मौर्यको अध्यक्षतामा आयोजित सचिवालय बैठक सचिव अरुण कुमार श्रीवास्तवले संचालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma