Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कांग्रेस शिवराजद्धारा भितेपात्रो विमोचन , ४० वर्षको अनुभव जनता माझ ल्याउन निर्वाचनमा होमिए उम्मेदावर खनाल

नेपाली कांग्रेस शिवराज नगरसमितिले नववर्ष २०७९ को क्यालेन्डर विमोचन गरेको छ । चुनाव प्रचार प्रसार समितिको कार्यालय चन्द्रौटामा कार्यक्रमको आयोजना गरि भितेपात्रो विमोचन गरेको हो । पार्टिका हरेक गतिविधि र केन्द्र देखि नगर सम्मका पदाधिकारीहरुको फोटो र नामावली सहित भितेपात्रो प्रकासन गरेको नगर सभापति मधुसुदन पोख्रेलले वताउनुभयो ।
भिते पात्रोको एक समारोहका विच नगरप्रमुख पदका उम्मेदावर हुमाकान्त खनाल र उपप्रमुख पदका उमेम्दावर सारदा रायमाझीले विमोचन गर्नुभएको छ । पात्रो विमोचन गर्दै नगर प्रमुख पदका उम्मेदावर हुमाकान्त खनालले शिवराजमा कांग्रेसको जित सुनिश्चीत रहेको वताउनुभएको छ । उहांले आफु राजनीतीमा जिवनको ४० वर्ष क्रियाशील रहेको वताउदैं ४० वर्षको अनुभव जनता माझ पुराउन निर्वाचनमा होमीएको वताउनुभएको छ ।
हाल सम्म कुनै पनि निर्वाचन नलडेको वताउदैं यो निर्वाचनमा जनताले कांग्रेसलाई मत दिएर विजय हुनेमा विश्वस्त रहेको वताउनुभएको छ । नेपाली कांग्रेस वलीयो स्थीतीमा रहेकाले जित टाढा नभएको दावी गर्नुभएको छ । यस्तै उपप्रमुख प्रत्यासी सारदा रायमाझीले विकास समृद्धको लागी कांग्रेसलाई मतदान गर्न आवाहन गनुभएको छ ।
कार्यक्रम नगर सभापति मधुसुदन पोख्रेलको सभापतित्व , वडा न ५ का वडा अध्यक्ष पदका उम्मेदावर हरि प्रसाद पोख्रेललेको स्वागत र सचिव विष्णु पोख्रेलको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma