Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

वडा अध्यक्षका उम्मेदावर खरालद्धारा प्रतिवद्धता पत्र सार्वजनीक (पुर्णपाठ सहित )

वैशाख १४ कपिलवस्तु
शिवराज नगरपालीका वडा न ३ को वडा अध्यक्ष पदका लागी नेपाली कांग्रेसका उम्मेदावर राजु खरालले प्रतिवद्धता पत्र सार्वजनीक गरेका छन ।
झण्डै डेढ दशक पत्रकारीता पेशा गरेका खराल नेपाली कांग्रेसवाट वडा न ३ को लागी वडा अध्यक्षका उम्मेदावर खरालले कृषि , स्वास्थ्य , शिक्षा , पर्यटन र रोजगारलाई प्राथमीकतामा राखेर प्रतिवद्धता पत्र सार्वजनीक गरेका हुन ।
उनको प्रतिवद्धता पत्रमा वडाका जेष्ठ नागरिकलाई वार्षिक रुपमा आस्थाको आधारमा तीर्थ स्थल भ्रमण गराउने देखि युवा उदमको लागी गांउमा रोजगारी सिर्जना गर्ने सम्मका प्रतिवद्धता रहेका छन । ( खरालले जारी गरेको प्रतिवद्धता पत्रको पुर्णपाठ )

नेपाली कांग्रेस
शिवराज नगरपालीका वडा न ३
उम्मेदावरको प्रतिवद्धता पत्

शिक्षा तर्फ
१. वडा न ३ भित्रका सामुदायिक विधालय र मदरसाहरुमा अध्यनरत सम्पुर्ण विधार्थीहरुलाई निशुल्क शैक्षिक साम्रागी र पोसाक उपल्वध गराई पुर्ण निशुल्क गुणस्तरीय शिक्षा प्रदान गरिनेछ ।

२. गरिव , जेहन्दार विधार्थीलाई उच्च शिक्षाको अध्यनको लागी निति निर्माण गरि शैक्षिक कोष मार्फत प्रोत्साहन स्वरुप छात्रावृती उपलब्ध गराईनेछ ।

३. सामुदायिक विधालय तथा मदरसाहरुमा वालमनोविज्ञान अनुसार सौन्र्दयकरण गरी उच्चतम प्रवधीको प्रयोग गरेर आईटी तथा आधुनीक प्रावीधीक कक्षाहरु संचालन गरिनेछ ।

कृषि तर्फ
१) आम किशानहरुका लागी तथ्याङ संकलन गरी कृषि जन्यवस्तुको उत्पादन वृद्धीको लागी किशानलाई आवश्यक पर्ने विउ विजन , मल वडा स्तरवाट नै सहज रुपले उपलव्ध गराउने व्यवस्था मिलाईने छ ।

२) वडा न ३ भित्रका व्यवसायिक कृषकहरुको पहिंचान गरी व्यवसायिक प्रोत्साहनको लागी निति निर्माण गरी उत्पादनमा आधारीत अनुदानको व्यवस्था गरिने छ ।

३) वडा स्तरमा नै कृषि प्रावधीकको व्यवस्था गरिने छ । पंशुपक्षि , तरकारी , फलफुल तथा वालीनालीलाई आवश्यक पर्ने औषधिहरु वडावाट निशुल्क उपलब्ध गराईने छ ।
स्वास्थ्य
१) वडा न ३ भित्र रहेका दिर्घ रोगका विरामीहरु तथा जेष्ठ नागरिकहरुलाई वडा स्तरवाट नै प्रत्येक महिना स्वास्थ्य परिक्षणको व्यवस्था गरिनेछ ।

२) आर्थिक तथा विपन्न परिवारलाई स्वाथ्यमा आईपर्ने समस्या समाधानको लागी वडा स्तरको नागरिक स्वास्थ्य कोषको स्थापना गरि उपचार शेवा उपलब्ध गराईनेछ ।

३) वडामा हाल संचालनमा रहेका स्वास्थ्य चौकी र वर्थिङ सेन्टरलाई थप व्यवस्थीत गरी प्रभावकारी शेवा उपलव्ध गराईने छ ।

४) गर्भवती महिलाई वर्थिङ सेन्टरवाट सुत्केरी गराउनको लागी प्रोत्साहन गरिनेछ र वडा वर्थिङ सेन्टरमा कठिनाई भएमा सुत्केरी गराउन अन्यत्र लैजादां निशुल्क एम्वुलेशन शेवा उपलव्ध गराईने छ ।

५) प्रत्येक गांउमा अधारभुत स्वास्थ्य केन्द्रको स्थापना गरी एक गांउ एक स्वास्थ्यकर्मी व्यवस्था गरिनेछ ।

आर्थिक तथा रोजगार
१) वडा न ३ भित्रका गांउहरु मदवा ,मैनार,वुलाकीया , भितरीया , हचुवा वलुहवा , मचगांउ र काफलवुटा मा स्थानीय स्रोत साधन र कच्चा पर्दाथको प्रयोग गरी दुना टपरी , वनकसको रसी , ढकीया झेउवा उत्पादनको लागी स्थानीय स्तरमा लघु उधोग संचालन गरिनेछ ।

२) कटुवा , सोनवर्षी , वसन्तपुर नंयावस्ती , खरेन्द्रपुरमा क्षेत्रमा मैनवती , अगरवती , माटाको भाडा , वुटिक जस्ता लघुउधोगहरु संचालन गरिनेछ ।

३) वडा भित्रका लघु उदमवाट उत्पादन भएका वस्तुको वाहिरी वजारीकरणको लागी वडाले पुर्ण सहयोग गर्ने छ । पांचजना भन्दा वढिलाई रोजगार सिर्जना गरेका उधोगलाई प्रोत्साहन गरिनेछ ।

४) व्यवसायिकरुपमा काम गरीरहेका महिलाहरुलाई प्रोत्साहान गरिने छ । र व्यवासायमा आउन चाहने महिलाको लागी तालीम तथा प्रशिक्षणको व्यवस्था गरिनेछ ।

धर्म संस्कृती एवंम पर्यटन
१) वडा भित्रका रहेका सम्पुर्ण मठ मन्दिर र मस्जीद जस्ता धार्मीक स्थलहरुको संरक्षण गरिनेछ ।

२) शिवराज नगरपालीकाको नै महत्वपुर्ण धार्मीक एवंम पर्यटकीय स्थल सोनवागढ विकासको लागी गुरु योजना निर्माण गरी काम गरिनेछ । र खरेन्द्रपुरको सुपादेउराली ,धनगढवाको शिवमन्दिर र भितरीयाको सोनवागढलाई जोडने सडक देउराली टोल धनगढा हुदैं सोनवागढ सम्मको वाटोलाई नमुना धार्मीक सडक निर्माणका लागी नगर संघ र प्रदेशमा वजेट माग गरी विकास गरीनेछ र
वाहय तथा आन्तरीक पर्यटकहरु भित्राईने छ ।

३) पर्यटन विकासको लागी मैनार वुलकीया भितरीयामा होम स्टे संचालन गरिनेछ । र स्थानीय आदवासी जनजाती भाषा कला र संस्कृती संरक्षणको लागी काम गरिनेछ ।

४) हरेक जेष्ठ नागरिकलाई वर्षको एकपटक आ आफनो धर्मको धार्मीक तीर्थ स्थलहरुको भ्रमण गराईनेछ ।

युवा तथा खेलकुद
१) वडा न ३ भित्रका हाल रहेका खेलमैदानको मापदण्डन अनुसार स्तरउन्नती गरिने छ र एक गांउ एक खेल मैदान स्थापना गरीने छ । वडा भित्रका राम्रो खेलाडीहरुको पंहिचान गरि प्रशिक्षण तथा एकेडमी भर्नाको लागी प्रोत्साहन गरिनेछ ।

२) प्रत्येक गांउमा युवा कल्व गठन गरी समाजको सकारात्मक परिवर्तनको लागी युवाहरु परिचालीत हुने वातावरण निर्माण गरिनेछ ।

३) हरेक वर्ष वडा भित्र रहेका गांउहरुमा वडा स्तरीय विभिन्न खेलहरुको प्रतिस्पर्दा गराईनेछ । वडा भित्रका प्रत्येक खेलाडीहरुलाई खेल साम्रागी र जर्सी उपलव्ध गराईनेछ ।
४) रोजगारी सिर्जनाको लागी युवाहरुलाई विभिन्न सिपमुलक तथा व्यवासायिक तालीमहरु संचालन गरिने छ ।

सडक तथा भौतीक निर्माण
१) पांच वर्ष भित्र हरेक गांउ तथा टोलटोलमा रहेका सडकहरु कालोपत्रे गरिनेछ ।
२) वडा भित्रका प्रत्येक सडकमा सडक वती तथा सडकको छेउछाऊमा सौन्दरीकरण गरिनेछ ।
३) खरेन्द्रपुर वजारलाई सौन्दरीकरण गरी नगरकै नमुना वजारको रुपमा विकसीत गरिनेछ ।

४ ) भौगोलीक दृष्टिकोणले वडाको वलुहवा , होचवा , मैनार वुलाकीया लगाएतका गांउलाई मध्यनजर गरी त्यहांको जनताको सुविधाको लागी शेवा केन्द्र स्थापना गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma