Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराज वडा न ५ मा पोख्रेलको चर्चा , जानकार भन्छन वडाको गरिमा वढाए ।।

वैशाख १५ कपिलवस्तु
शिवराज नगरपालीका वडा न ५ मा नेपाली कांग्रेसको तर्फवाट हरि प्रसाद पोख्रेलको उम्मेदावरी परेपछि यतीवेला चर्चा परिचर्चा सुरु भएको छ । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालीन विरपुर गाविसको उपाध्यक्ष पदमा निर्वाचन जितेका पोख्रेलले २०७४ सालको निर्वाचनमा उपप्रमुख पदमा उम्मेदावरी दिएका थिए । तर उनले अहिले वडा न ५ को वडा अध्यक्ष पदमा उम्मेदावरी दिएपछि उनको चर्चा सर्वत्र भएको हो ।
पोख्रेलको उम्मेदावरीलाई कतिपयले सामान्य भनेर विश्लेष्ण गरेको पाईन्छ भने राजनीतीका जानकारहरुले फरक ढङगले विश्लेष्ण गर्ने गरेका छन । खासगरी उनको उम्मेदावरीले दुई ओटा कुराको अर्थ राख्ने वताईएको छ । विगतमा शिवराज नगरपालीकामा मालपोत,ईलाका प्रसासन र नापी कार्यालय स्थापनमा प्रमुख भुमिका निर्वाह गरेका थिए । साविक विरपुर गाविसमा दलको प्रतिनिधि भएर लामो समय विकासका एजेण्डामा काम गरेका पोख्रेलले शिवराजको मुख्य केन्द्रविन्दु वडा न ५ को चन्द्रौटा वजारमा अझ धेरै विकासे काम गर्न वाकिं रहेकाले आफुले यी काम गर्ने अठोटका साथ उम्मेदावारी दिएको अनुमान गर्न सकिने भनाई छ ।
अर्कोतर्फ अधिकार सम्पन्न स्थानीय तहमा विकास निर्माण समृद्ध नगर वनाउनको लागी वडाहरुको भुमिका महत्वपुर्ण ठानीएको वेला वडा कार्यालयहरुको गरिमा वढाउनको लागी पनि पोख्रेलको उम्मेदावारी हुन सक्ने विश्लेष्ण गरेको पाईन्छ । वडा न ५ मा वलीया दावेदार रहेका पोख्रेलको उम्मेदावरीले पछिल्लो समय माथिल्लो तहमा आंकाक्षा राख्नेहरुलाई तल्लो स्तरमा जनतासंग वसेर पनि धेरै काम गर्न सकिने उदारण प्रस्तुत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma