Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

गुनासो सुनवाई गर्न कृष्णनगरका शिक्षक संग अन्तरक्रिया

बैशाख १५, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ कृष्णनगर हेल्थ पोष्टको हलमा कृष्णनगर नगरपालिकाको आयोजना, युनिसेफ नेपाल फिल्ड कार्यालय भैरहवाको सहयोगमा विद्यालय हरूमा गुनासो सुनवाई संयन्त्रको प्रभावकारिता पुनरावलोकन गर्न कृष्णनगर नगरपालिका भित्रका शिक्षकहरु संग एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छ

l कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत बलराम पन्थी, अतिथिमा युनिसेफ नेपालका प्रतिनिधि माधव बराल रहनुभयो l कार्यक्रममा बाल संरक्षण, बाल संरक्षण प्रवर्द्धन, बाल सहभागिता लगायतको बिषयमा युनिसेफ नेपालका माधव बरालले प्रकाश पारे साथै गुनासो सुनुवाइ के हो? गुनासो सुनुवाइको प्रक्रिया, सिफारिश तथा गोप्यनियता, गुनासो सुनुवाइको अभिलेख कसरी राख्ने, गुनासो सुनुवाइ सम्बनधमा स्थानीय तहको भूमिका लगायत कार्यक्रममा सहभागी हरूबाट उठेका जिज्ञासा हरूलाई बलराम पन्थीले सहजीकरण गर्नु भएको थियो l कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो l कार्यक्रम संचालन तथा अन्य व्यवस्थापनको भूमिका कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभयो l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma