बुद्धभूमि नगरपालिका वडा नम्बर ५ को वडाध्यक्ष उम्मेदवारहरु मध्ये राबेन्द्र कुमार ठाकुर सबै भन्दा बलियो उम्मेदवार रहेका छन।
बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा बुद्ध भूमि नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पदमा नेकपा माओवादीका केन्द्र पार्टीबाट बलियो उम्मेदवारको रूपमा चर्चामा ठाकुर रहेका छन् । बुद्ध भूमि ५ मा घर भइ धेरै बर्ष देखि समाज सेवामा अहोरात्र खटेर सेवा दिदै आइरहेका छन् । राबेन्द्र कुमार ठाकुरको सक्रिय कार्य शैली सेवाको प्रभावले सामाजिक क्षेत्रमा लोक प्रिय् भएका हुन्। वडाको वडाध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गरे लगत्तै चुनावमा जो कोहि उहाँ संग प्रतिस्पर्धा गर्नु पर्ने देखिएको छ । औपचारिक रूपमा सोमबार मनोनयन दर्ता गराए पछि पहिलो स्थानमा रहेको आकंलन गर्न थालिएको छ । वडामा युवाहरुको ढुकढुकीको भई युवा समाजसेवीका रूपमा उनको राजनीतिक उदय भएको छ। गाउँ घर-वडा स्तरमा जो सुकलाई कुनै किसिमको समास्या पर्न गएमा गर्न सक्ने क्षमता अनुसारको सहयोग गर्ने भएको हुँदा वडानं ५मा बलियो उम्मेदवार रुपमा रहेका छन्।
व्यक्तिगत राम्रो छवि भएकाे र नेकपा माओवादीका केन्द्र पार्टी बाट टिकट लिइ उम्मेदवारी दिएकोले जित सुनिश्चित रहेको जानकारहरुले विश्लेषण गरि रहेका छन् । राबेन्द्र कुमार ठाकुर अहिले बलिया उम्मेदवार मध्येका एक हुन् । वडा भित्र पर्ने सबै गाउँ-चोकहरूमा ठाकुरको चर्चा परिचर्चा रहेको छ।


प्रतिक्रिया