Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

कोदालो बोकेर घरदैलोमा पुरी

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विजयनगर गाउँपालिकामा निर्वाचनको माहोल तातेको छ । , निर्वाचनको दिन नजिकिदै जादा उमेदवारहरु प्रचारप्रसारमा ब्यस्त देखिएका छन् ।जनता प्रगतिशील पार्टी नेपाल कपिलवस्तुका नेता तथा विजयनगर ३ नम्बर वडाका लागि अध्यक्षका उमेदवार रामनिवास पुरी जनता प्रगतिशील पार्टीको चुनाव चिन्ह  कोदालो बोकेको किसान” बाट चुनावि मैदानमा होमिएका छन ।

उनले प्रचार प्रसारएवम घरदैलो कार्यक्रममा कोदालो काधमा राखेर मत मागिरहेका छन् । जनता समाजवादी पार्टी (जसपा) का पूर्व जिल्ला उपाध्यक्ष रहेका पुरीले केहि दिन अगाडि पार्टी परित्याग गरी जनता प्रगतिशील पार्टी प्रवेश गरेर अध्यक्षको उम्मेदवार बनेका हुन ।

निर्वाचनका वखत पार्टीमा आफ्नो मुल्याङ्कन र सम्मान योग्यता र क्षमताको कदर नभएकाले त्याहाँ बस्नु उचित नभएको भन्दै जसपा परित्याग गरेर जनता प्रगतिशील पार्टी प्रवेश गरेका थिए ।आफुले निर्वाचन जितेमा कुनैपनि सरकारी सुविधा नलिने साथै जनपक्षीय काम गर्न नसकेर जनताले फिर्ता बोलाउन चाहे कार्यक्रम नसकोदै राजिनामा दिएर फर्कन तयार रहेको घोषणा गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma