Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

वडा अध्यक्षका उमेद्धार सापकोटाद्धारा समृद्ध र सबल वडा निर्माणको प्रतिबद्धता

वडा अध्यक्ष पदको निर्वाचनमा उम्मेदवार बनेका टेकलाल सापकोटाले स्थानीय निर्वाचनका लागि वडाको समृद्ध र सबल निर्माणको प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ ।जिल्ला ,नगर र वडाका नेता तथा कार्यकर्ताको उपस्थितिमा घोषणापत्र सार्वजनिक गर्दै वडालाई समृद्धि बनाउने योजना प्रस्तुत गर्नु भएको थियो ।

अध्यक्ष पदका उम्मेदवार सापकोटाले प्रस्तसत गर्नु भएको घोषणापत्रमा पूर्वाधार विकाश,शिक्षा ,स्वास्थ्य, कृषि तथा पशुपालन , खानेपानी ,युवा तथा खेलकुद ,वडा सरसफाई ,धार्मिक पर्यटन पूर्वाधार ,लक्षित समुदायका वडा बासिका नागरीकको आर्थीक उपार्जन बढाउने लगायतका   कार्यक्रमलाई समेटेको बताउनु भएको थियो ।

आसन्न स्थानिय तहको निर्वाचनका लागि नेकपा एमालेले शिवराज नगरपालिका वडा न ३को प्रचार प्रसार कार्यालय उदघाटन भएको छ ।
निर्वाचनलाई लक्षित गर्दै आज (शुक्रबार) जिल्लाका नेता तथा नगर र वडाका नेता कार्यकर्ताको बाक्लो सहभागितामा शिवराज ३ खरेन्द्रपुरमा प्रचार प्रसार कार्यालय उदघाटन गरेको हो ।

सोहि कार्यक्रममा बोल्दै नेकपा जिल्ला सचिव चन्द्र बहादुर गहतराले जिल्लाका १० वटै स्थानिय तहमा एमालेले जित हासिल गर्ने दावि गर्नु भयो । कार्यक्रममा बोल्दै जिल्ला उप सचिव अर्जुन कुमार के सिले एमाले सरकारले रेलमार्ग ,सुरुङ्ख मार्ग,पानी जहाज लगायतका नमुना कार्यको अवधारणा एमालेले ल्याएको बताउनु भयो । केपि ओलिको पाला रेको खिल्ली गडाउने गठबन्धनले अहिले बाध्य भएर रेल संचालन गर्नु परेको बताउनु भयो।

एमाले सरकारले मलाम लगाउँदै गरेको सुकसम्बाकिो सपना र परिकल्पना गठबन्धनको सरकारले एक हप्तामै सकुम्बासि आयोग विघटन गरेको बताउनुभयो । सोहि कार्यक्रममा बोल्दै नगर प्रमुख पदका उम्मेदवार महादेव पोख्रेलले एमालेको घोषणा प्रतिबद्दतामा टेकेर नगरवाकिा सपना पुरा गर्ने बताउनु भयो । एमालेले दिएको जिम्मेवारी नगरमा निर्वाचित भएर नगरवासिको सपना शिक्षा ,स्वास्थ्य र कृषिमा प्रदेशकै नमुना बनाउने गरी आफनो टिम खट्ने बताउनु भयो । वडा कमिटी अध्यक्षहिरालाला भन्डारिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडावासिको बाक्लो सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma